कोरोना जाँच गर्ने ‘हेल्थ डेस्क’ मा अत्यावश्यक सामग्री अभाव

मिना बुढाथोकी
सल्यान । कोरोना भाइरसको सम्भावित संक्रमणलाई राक्न विश्वभर लाई नै त्रसित बनाइरहेको कोरोना भाइरसको सम्भावित जोखिमबाट जिल्लाको बढी आवतजावत हुने कपुरकोट नाकामा स्वास्थ्य सहायकता कक्ष स्थापना गरिएको छ । केही दिन अघि कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारी सहितको टोलि कपुरकोट पुगेर ‘हेल्थ डेस्क’ स्थापना गरेको हो । यसरी ‘हेल्थ डेस्क’ राखिएपनि आवश्यक जनशक्ती र अत्यावश्यक सामाग्रीको अभाव हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।

हेल्थ डेस्कमा बाहिरी जिल्लाबाट सल्यान भित्रिने सार्वजनिक यातायातमा आउने यात्रुलाई झारेर कपुरकोट चेक जाँच गर्ने गरिएको छ । तर आवश्यक जनशक्ति नभएकाले दिउँसोको समयमा मात्रै स्वास्थ्य जाँच गरिँदै आइएकोमा रातको समयमा जिल्ला भित्रिने सवारी साधनमा जोखिमको सम्भावना बढेको स्वास्थ्यकर्मी पवित्रा घर्तीले बताइन् ।

भारतबाट आउने नेपालीहरुमा कोरोना भाइरस आउन सक्ने जोखिम देखिएकाले नाकामा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । हेल्थ डेस्क स्थापना भएपछि निशुल्क रुपमा ज्वरो जाँच गर्न पाएकोमा आफूलाई खुसी लागेको यात्रु विजय आचार्य र बुद्दिराम शिरिसले बताए ।

कपुरकोटको हेल्थ डेस्कमा बिहान ७ बजेदेखी साँझ ७ बजेसम्म ३ जना कर्मचारी खटिएर चेकजाँच गर्ने गर्छन् । कर्मचारी अभावमा चौबिसै घण्टा यात्रुको स्वास्थ्य जाँच गर्न भने समस्या आएको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन बताउनुहुन्छ ।

कपुरकोटस्थित प्रहरी ‘चेक प्वाइन्ट’ नजिकै हेल्थ डेस्क स्थापना गरिएको छ । तत्कालका लागि दुई वटा मात्रै ज्वरो नाप्ने यन्त्र राखिएका छन् । जिल्लामा मास्क, स्यानिटाइजर, एप्रोन र ग्लोब्सजस्ता सामग्रीको अभावका कारण पनि सेवा प्रवाहमा समस्या देखिएको सल्यान अस्पतालले जनाएको छ । महामारी तथा प्रकोप व्यवस्थापन कार्यक्रम फोकल पर्सन रिखराम पुनका अनुसार जिल्लामा कोरोना भाइरस भित्रिन नदिन विभिन्न उपायहरु अपनाइएको जानकारी दिए ।

जिल्लाका सबै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, प्रहरी, स्वास्थ्य कार्यालय, पत्रकार र सरोकारवालाहरुले कोरोना भाइरससम्बन्धी सचेतना मुलक जानकारी दिने, सरसफाइमा ध्यान दिने र साबुन पानीले हात धुने लगायतका विषयमा नागरिकस्तरमा प्रचार प्रसार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नवीन प्रियदर्शी महोत्तरी  । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने प्रयत्न गरिरहेको छ ।…

मेष–आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ । वृष– बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ । मिथुन– व्यवसायमा निराशा हुनेछ पुरानो कुरा…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले चालेकाे  कदम प्रभावकारी बनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा…

मुलुक कोरोना भाइरस संक्रमण थप फैलन सक्ने खतराका कारण लकडाउनको अवस्थामा छ । सरकार यसको रोकथामका लागि हरसम्भव प्रयास गरिरहेको…

काठमाडौं । विश्वका २ सय ८ राष्ट्रलाई यतिखेर कोरोना संक्रमणले सताइरहेको छ । चीनको वुहान भएको कोरोनाले इटली र स्पेनलाई…

काठमाडौं । भारतमा एक नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।  उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राति…