सप्तरीका १६ नाका बन्द

विद्यानन्द राम
राजविराज । सप्तरी प्रशासनले भारतसँग सिमाना जोडिएका १६ नाका बन्द गर्ने भएको छ ।कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि भारतसँग सिमाना जोडिएका १६ वटा नाका आइतबारदेखि बन्द गर्ने निर्णय गरेको हो ।

प्रशासनले अत्यावश्यक पसलबाहेकका पसल पनि बन्द गर्ने निर्णय गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठी नाकाबाहेक भारतसँग सिमाना जोडिएका सवै नाका बन्द गरिएको हो । कोभिड–१९ संक्रमणबाट जोगिनकालागि सबै नाका बन्द गरिएको तथा खुल्ला रहेको एउटा नाकामा पनि स्वास्थ्य जाँच गरेर आउजाउ गर्ने व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनु भएको छ ।

साथै सो नाका भएर भारतबाट आउने व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन लागिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । राजविराजस्थित साईकृष्णा अस्पतालमा ६० शैय्याको क्वारेन्टाइन कक्ष निर्माण गर्न लागिएको जनाएको छ । यसैगरी आइसोलेशनका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ६ शैय्या तथा छिन्नमस्ता अस्पतालमा २० शैय्या, रुपनीस्थित युनिक अस्पतालमा २० तथा क्षेत्रीय प्रहरी अस्पतालमा १० गरी ५६ शैय्या तयारी अवस्थामा राखिएको जनाएको छ ।

भाइरसको संक्रमणबाट बच्न सबैले सावधानी अपनाउनुपर्ने भएकाले अनावश्यक रुपमा हिलडुल नगर्न तथा घरभित्रै बस्न सप्तरी प्रशासनले सबैमा आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले…

मेष– विद्यामा उन्नती हुनेछ । सन्तानबाट भरपुर सहयोग पाइनेछ । बुद्धिले सहि निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा…

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।