बिहानैदेखि पूरै देश बन्द, चैत १८ गतेसम्म घरबाट बाहिर निस्कन नपाइने

काठमाडौं । फ्रान्सबाट कतार हुँदै काठमाडौँ आएकी युवतीमा कोरोना भाइरस संक्रमण पाइएपछि सरकारले मंगलबार बिहानैदेखि देशभर बन्द अर्थात् ‘लक डाउन’ गरेको छ। अत्यावश्यक सेवाबाहेक अरू कामका लागि चैत १८ गते बिहान ६ बजेसम्म कोही घरबाट निस्कन पाउने छैनन्। यस अवधिमा सवारीसाधन चल्ने छैनन् भने मानिसलाई घरभित्रै बस्न लगाइनेछ। तर औषधिउपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामका लागि घरबाट बाहिर निस्कन पाउनेछन्।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्च स्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले मंगलबार बिहान ६ बजेदेखि देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको हो। कोरोना रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वय समितिले सरकारले तोकेको मापदण्ड उल्लंघन गरे कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई दिएको छ। सीडीओले स्थानीय प्रशासन ऐन २०२८ को समेत प्रयोग गरी कारबाही गर्न सक्नेछन्।

त्यस्तै संक्रामक रोग ऐन, २०२० अन्तर्गत पनि कारबाही हुन सक्नेछ। ऐनको आदेश अटेर गर्नेलाई १ महिना कैद र १०० रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। फ्रान्सबाट फर्किएकी १९ वर्षीया नेपाली छात्रामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको रिपोर्ट सोमबार दिउँसो स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो। काठमाडौं नै घर भएकी ती छात्राको अहिले टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एक गाउँबाट अर्को गाउँमा जान प्रतिबन्ध लगाएको छ ।

देशकाे बाँकी भूभागमा भने सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।

भाइरसले अमेरिका, इटली, स्पेन, चीनलगायतका देशका मानिसलाई बढी प्रभावित पारेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

मेष– मानसिक चिन्ता मिल्नेछ, काममा प्रगति कम हुनेछ । वृष– मित्र बाट सहयोग आउनेछ, खेलकुदमा रुचि हुनेछ । मिथुन– सन्तानको…

स्वास्थ्यकर्मीकाे जीवन सुरक्षा प्रभावकारी बनाउने निर्णय भएको छ ।