काठमाडाैं । सामाजिक सञ्जालमा भारतकाे दिल्ली राज्यकाे एउटा भिडियाे भाइरल भइरहेकाे छ । भिडियाेमा हजाराैँकाे संख्यामा मानिस देखिन्छन् । दिल्लीकाे विहार बस स्टेशन क्षेत्रमा देखिएकाे याे भिडियाेमा हजाराैँ मानिस बस चढेर गनतव्यमा पुग्न लाइनमा बसेका देखिन्छन् ।
भारतभर लकडाउन भएपछि उद्याेग कलकारखाना बन्द भएका छन् । दैनिक काम गरेर गुजारा गर्ने मजदुरहरू काम बन्द भएपछि जन्मथलाे जान हतारिएका देखिन्छन् ।
प्रधानमन्त्री नरेन्द्र माेदी र दिल्लीका मुख्यमन्त्री केजरीवालले लकडाउनकाे पालना गर्न पटकपटक अनुराेध गरिरहेका छन् । गरिब र मजदुरका लागि राहत दिन एक खर्ब ७० अर्बकाे राहत काेष खडा गरेकाे भारत सरकारले कसैलाइ पनि भाेगै नमार्ने भनिरहेकाे छ, तर नागरिकले सरकारकाे विश्वास गरिरहेका देखिदैनन् । उनीहरू अाफ्नाे गाउँ फर्किन हतार गरिरहेका छन् । बालबच्चा र सानाा झाेला बाेकेर गाउँ पुग्न व्यग्र देखिन्छन् ।
लकडाउनको चौथो दिन शनिबार भारतभर चुनौतिपूर्ण देखिएको छ । गाउँ जान बसको प्रतिक्षामा रहेका अधिकांश मजदुरको भनाइ एउटै छ, उनीहरु भन्छन्, 'खानेकुरा छैन, काम छैन, हामी यहाँ भोकभोकै मर्नसक्छौँ ।' दिल्लीलगायत भारतभर अहिले यस्ता अनौठा आतंकले मजदुरहरू त्रसित देखिन्छन् ।
कोरोना भाइरस संक्रमित हुन्छ भन्ने मजदुरलाई कुनै चिन्ता छैन, उनीहरुको एउटै चिन्ता छ घर कसरी पुग्ने ?
अधिकांशका खल्ती रित्तिएका छन् । परिवार कसरी पाल्ने उनीहरुमा चिन्ता थपिएको छ । दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।
दिल्लीका राज्य सरकार र केन्द्रीय सरकारको अबकाे कदम कस्ताे हुन्छ त्यसैले निर्धारण गर्नेछ भारतमा काेराेना भाइरसकाे संक्रमणले महामारीकाे रूप लिन्छ वा नियन्त्रणकाे दायरामा ल्याउन सक्छ ।