काेराेनाका कारण ८८ हजारले ज्यान गुमाए, १५ लाखमा संक्रमण

ज्यान गुमाउनेको संख्या ८८ हजार ३ सय ३५

काठमाडौं ।  विश्वका २ सय ८ देशमा फैलिइसकेकाे काेराेना भइरसकाे संक्रमणले मानिसकाे ज्यान जाने क्रम बढिरहेकाे छ । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ । विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चाैथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् ।

पछिल्लो अपढेट अनुसार भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८८ हजार ३ सय ३५ काे पुगेकाे छ ।

विश्वभरमा  १५ लाख १० हजार ८८ जना संक्रमित भएकाे पुष्टि भइकेकाे छ । संक्रमित मध्ये ३ लाख २९ हजार ६ सय ८९ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका करिब १२ लाखभन्दा बढीको स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोना भाइरसबाट सयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएको छ । अमेरिकामा अहिलेसम्म ४ लाख २७ हजार १ सय १ जना संक्रमित भएका छन् । त्यस्तै १४ हजार ६ सय ६८ जनाको संक्रमणबाट ज्यान गएको छ भने २२ हजार ३ सय १४ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । ९ हजार २ सय ३४ जना संघन रूपमा उपचार गराइरहेका विश्व स्वस्थ्य संगठनले जानकारी दिएकाे छ ।

अहिलेसम्म इटलीमा सबैभन्दा बढीको ज्यान गएको छ । अहिलेसम्म भाइरस संक्रमणबाट मृत्यु हुनेका संख्या १७ हजार ६ सय ९ पुगेको छ भने २६ हजार ४ सय ९१ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका संक्रमित मध्ये ३ हजार ६ सय ९३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनमा ८१ हजार ८ सय २ जनामा संक्रमण देखिएकाेमा ७७ हजार १२सय ७९ जना उपचारपछि पूर्ण स्वस्थ भइ घर फर्किएका छन् । ३ हजार ३ सय ३३ जनाले ज्यान गुमाएकाे चीनमा १  सय ८९ जना अझै गम्भीर अवस्थामा रहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनमा सहयोग मिल्नेछ । व्यवसायमा लाभ हुनेछ ।  सहयोगबाट काम बन्नेछ । वृष– रोजगारीमा अवसर मिल्नेछ । राजनीतिमा ठाउँ…

काठमाडौं । मुलुकको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्री नियुक्ति हुनुभएको छ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) …

काठमाडौं ।  काठमाडौं उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा…

तनहुँ । व्यास नगरपालिकाले आफ्ना सटरमा राखिएका पसललाई २ महिनाको छुट गर्ने भएको छ । नगरपालिकाले व्यवसायीहरु कोरोना भाइरस संक्रमणको…

मेष– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ , मानसिक तनाव आउनेछ । वृष– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा…

कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा शीर्ष नेताहरुबीच विवादको असर कैलालीमा परेको छ । शीर्ष नेताहरुकै सवाललाई लिएर…