Logo फाल्गुन १३, २०७७ बिहीबार


‘सञ्चारकर्मीलाई बीमासहितको राहत प्याकेज आवश्यक छ’

मुलुकभर कोरोना भाइरस संक्रमणको भय जारी रहेको र लकडाउन थपिएको अवधिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका साथै पत्रकारहरुको सक्रियता पनि उत्तिकै देखिन्छ । कोरोना बारेका सूचना तथा समाचार सम्प्रेषणमा आम सञ्चारमाध्याम र पत्रकारहरु अहोरात्र खटिइरहेका छन् । प्रस्तुत छ, यस्तो संवेदनशील समयमा क्रियाशील पत्रकारको व्यक्तिगत सुरक्षा, यस सन्दर्भमा नेपाल पत्रकार महासंघले खेलिरहेको भूमिका तथा राज्यका तर्फबाट भइरहेका पहल लगायतका सवालबारे अध्यक्ष गोविन्द आचार्य ले जनता समाचार डट कम का लागि नरेश न्यौपानेसँग गर्नुभएको कुराकानी :

विश्वमा महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणको नेपालमा रोकथाममा नेपाली पत्रकारको क्रियाशीलता कस्तो छ ?
हामी अहिले लकडाउनको अवस्थामा छौं । सरकारले घोषणा गरेको यो लकडाउनलाई सफल पार्ने र कोरोना फैलन नदिनेतिर सबैको ध्यान केन्द्रित भइरहेको छ । सञ्चार क्षेत्र पनि यो अभियानको अग्रमोर्चामा छ । सबैभन्दा अगाडि स्वास्थ्यकर्मी, त्यसपछि सुरक्षाकर्मी र सञ्चारकर्मीहरु आफ्नो जिम्मेवारीमा निरन्तर जुटिइरहेको अवस्था छ । कोरोना संक्रमण हुनबाट कसरी जोगिने ? लगायतका सूचना र जानकारी जनतासमक्ष पुर्याउने विषयमा सञ्चारकर्मीको उल्लेखनीय भूमिका देखिएको छ । जनतालाई सत्य-तथ्य जानकारी दिने र कोरोनाबारेको नयाँ /नयाँ अपडेट र शिक्षा दिने काम सञ्चारक्षेत्रबाट भइरहेको छ ।

तपाइँले यसरी सञ्चारकर्मीको सक्रियता प्रभावकारी रूपमा बढिरहेको बताइरहँदा लकडाउनको अवधि फेरि थपिएसँगै उनीहरुको आफ्नै व्यक्तिगत स्वास्थ्य संवेदनशीलता बढेको र सुरक्षा सामग्री बिना नै रिपोर्टिङ गरिरहनुपरेको अवस्था छ नि ?
तपाइँले ठिकै विषय उठाउनुभयाे । अरु सबै घरमा बस्दै गर्दा सञ्चारकर्मीले घरमै बस्ने अवस्था रहन्न । कार्यक्षेत्रमा नगइकन समाचार सामग्री प्राप्त हुँदैन् । अनिवार्य अवस्थामा ‘फिल्ड’ मा जानैपर्ने हुन्छ । त्यसरी खटिरहँदा को संक्रमित हो ? काे होइन् ? र कहाँ सुरक्षा छ र कहाँ छैन् ? भन्ने विषय देखिने र थाहा हुने विषय पनि होइन् । अस्पताल, भिडभाड तथा सीमाक्षेत्र लगायत विभिन्न ठाउँमा गएर समाचार संकलन गरिरहनुपरेको छ । यी सबै जोखिमयुक्त क्षेत्रमा जाँदा सञ्चारकर्मीले सबैभन्दा पहिले आफ्नो व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिनुपर्छ । पहिले आफू सुरक्षित रहे मात्र अरुलाई सुरक्षित बनाउन सकिन्छ भन्ने सिद्दान्त अनुसार काम गर्नुपर्ने हुन्छ । यसरी काम गरिरहँदा केही सामग्रीको अभाव देखिएको छ ।

तर अभावका बीच पनि मिडिया हाउसहरुले केही न्युनतम स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । महासंघले पनि सांकेतिक रुपमा विभिन्न मिडिया हाउसमा पुगेर सामग्री वितरण गरेको छ । सरकारसँग पनि पत्रकारले जोखिमपुर्ण स्थानमा गएर ‘रिपोर्टिङ’ गरिरहनुपरेकोले अनिवार्य बीमा गरिदिन हामीले माग गरेका छौं । पत्रकारका लागि स्वास्थ्य सामग्रीको व्यवस्था गरियोस् भनेर सरकारको ध्यानाकर्षण गराइसकेका छौं । यसबारे लखित रुपमा सञ्चार मन्त्रालयमा पनि पत्रकारका माग पेस गरेका छौं ।

लकडाउन घोषणा गरिएको आधा महिना नाघिसकेको अवस्थामा पत्रकारले सुरक्षा सामग्री बिनै रिपोर्टिङ गरे, अझै त्यो अवस्था विद्यमान छ । फेरि पनि माग मात्रै पेश गरेको भन्नुहुन्छ, तपाइँहरुको भूमिकामा ढिलाई भएन र ?
जसरी हामीले हाम्रो क्षेत्रका समस्या देख्छौं र थाहा पाउँछौं, त्यसैगरी राज्यले पनि संवेदनशील क्षेत्रको ‘क्याटोगराइज’ गरेर काम गरिरहेको हुनसक्छ । सरकारको नजरमा यो क्षेत्र त्यति आवश्यकता रहेको नदेखिएको होला वा यो भन्दा संवेदनशील अन्य क्षेत्र पनि हुनसक्छन् । अति जरुरी रहेको अन्य क्षेत्रमै सामग्रीको उपलब्धता छैन् भनेर हामी नै समाचार बनाइरहेका छौं । त्यसैले यस्तो अवस्थामा हामी सबैले सबैभन्दा पहिले आफू सुरक्षित भएर नै काम गर्नुपर्छ । आफू सुरक्षित रह्यो भने मात्रै अरुलाई सुरक्षित राख्न सकिन्छ । पत्रकारको सुरक्षाका लागि केही मिडिया हाउसले पनि पहल गरिरहेको देखिन्छ । कामका दौरानमा साह्रै अफ्ठ्यारो पर्यो भने महासंघका विभिन्न निकायहरुमा सम्पर्क गर्न अनुरोध पनि गरेका छौं ।

महासंघ आफैले संस्थागत रुपमा पत्रकारहरुको व्यक्तिगत सुरक्षाका लागि के गरिरहेको छ ?
हामीले सबैभन्दा पहिले यस्तो महामारीको बेलामा पत्रकारहरुले के गर्न हुन्छ ? र के गर्न हुँदैन भनेर एउटा सूचना निर्देशिका नै जारी गरेका छौं । त्यसपछि हामीले अहिले मिडिया हाउसहरुमा अनुगमन गरेर पत्रकारका समस्या के छन् ?, मिडिया हाउस कसरी सञ्चालन भइरहेका छन् ? र त्यहाँ सुरक्षाका उपायहरु अपनाइएका छन् वा छैनन् ? जस्ता सवालहरुबारे बुझिरहेका छौं । त्यस्तै वास्तविक सूचना मात्रै प्रवाह गर्न र अफवाह फैलाउने कार्यलाई रोक्ने विषयमा साथीहरुलाई सजग हुन अनुरोध गरिरहेका छौं ।

यस्तो अवस्थामा हामी सबैले सबैभन्दा पहिले आफू सुरक्षित भएर नै काम गर्नुपर्छ । आफू सुरक्षित रह्यो भने मात्रै अरुलाई सुरक्षित राख्न सकिन्छ । पत्रकारको सुरक्षाका लागि केही मिडिया हाउसले पनि पहल गरिरहेको देखिन्छ । कामका दौरानमा साह्रै अफ्ठ्यारो पर्यो भने महासंघका विभिन्न निकायहरुमा सम्पर्क गर्न अनुरोध पनि गरेका छौं ।

त्यसो भए महासंघ आफैले राहतका कुनै कार्यक्रम ल्याएको छैन् ?
संस्थागत रुपमा सांकेतिक रुपमा स्वास्थ्य सुरक्षा सामग्रीहरु लिएर केही मिडिया हाउसमा हामीले वितरण गरेका छौं । लकडाउनका कारणले एकदम समस्यामा परेका पत्रकार हुनुहुन्छ भने आफ्नो सम्बन्धित शाखामा सम्पर्क गर्नुहोला भनेका छौं र त्यस्ता समस्या आएमा समाधान गर्ने प्रयास पनि गरिरहेका छौं ।

तर महासंघले केही सञ्चार माध्यामसँग मात्रै समन्वय गरेको, सबै मिडिया हाउसमा समन्वय गर्न नसकेको र प्रभावकारी समन्वयमा ढिलाई गरेको पत्रकारहरुकै गुनासो सुनिन्छ नि ?
त्यस्तो हुनसक्छ । किनभने अहिले सञ्चारमाध्यामको संख्या पनि धेरै छ । हामीले पहिलो प्राथमिकता महासंघको जहाँ शाखा छ, त्यहाँ दिने गरेका छौं । पत्रकार महासंघका संगठित सदस्य रहेको ठाउँमा हामी पुगेका छौं । महासंघमा संगठित पत्रकार रहेका सञ्चार माध्याममा हामी पुगिसकेपछि अर्को चरणमा हामी पत्रकारहरूका बीचमा पनि जान्छौं ।

एकातिर सञ्चारकर्मीलाई व्यक्तिगत सुरक्षाको चिन्ता छ भने अर्कोतिर कोरोना संक्रमणको भयकै कारण कतिपय सञ्चार माध्याम बन्द समेत हुनुपरेको छ, यो समग्र नेपाली पत्रकारिताका लागि एक पीडाको विषय पनि हो । यसलाई यहाँहरुले कसरी लिइरहनुभएको छ ?
पहिलो कुरा त स्वरोजगारमुलक पत्रपत्रिका र सञ्चारमाध्यम जो बन्द भएका छन्, तिनिहरुको मूल्याङ्कन र वर्गीकरणका आधारमा राज्यले दिने लोक कल्याणकारी विज्ञापन, सेवा अथवा सुविधामा कुनै असहजता नआओस भनेर हामीले सिफारिस गरेका छौं । यस विषयलाई सरकारले सम्बोधन गर्नेमा हामी आशावादी छौं । दोस्रो कुरा लामो समयदेखि सञ्चालनमा रहेका मिडिया अहिलेको कारणबाट बन्द भए पनि यही निहुँमा आफ्नो मिडियामा योगदान गरेको पत्रकारलाई अफ्ठ्यारो पार्ने वा तलब नदिने काम नगर्न हामीले समन्वय गर्छौं । अहिलेसम्म मिडिया जे/जति रुपमा स्थापित भयो, त्यसमा ती सञ्चारकर्मीको पनि भूमिका छ भन्ने तथ्यलाई बुझेर अफ्ठ्यारो अवस्थामा सञ्चारकर्मीलाई विदा गर्नुहुँदैन भनेर हामी कानुनी लडाइँ लड्नुपर्छ भने पनि तयार छौं । पत्रकार महासंघले अहिले सञ्चार उद्दमीहरुको कटौती गर्ने, कामबाट हटाउने वा एक दुई हप्ता बन्द भएको बहानामा बिचल्लीमा पार्ने अवस्था आउन नदिनका लागि पनि हामीले पहल गरिरहेका छौं । त्यसैगरी यस्तो बेला मिडिया हाउस र जोखिममा परेका सञ्चारकर्मीको बीमालगायतका राहत दिने खालका प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छौं ।

यही महामारीकै अवस्थामा केही सञ्चारमाध्यामले कोरोनाबारे विभिन्न अफवाह फैलाइएको पाइएको छ र त्यसो गर्ने केही ‘अनलाइन पोर्टल’ सरकारले नै बन्द गरिदिएको अवस्था छ, यस बारेमा महासंघको धारणा के हो ?
जुन सञ्चार माध्यामलाई नेपालको कानुनले सञ्चार माध्याम हो भनेर चिन्छ, वा कानुनी रुपमै सञ्चार माध्यामको रुपमा स्थापित भएको छ, त्यस्ता सञ्चार मध्यामलाई बन्द वा दर्ता खारेज गर्न मिल्दैन् । यो कानुनी रुपमै ग्यारेण्टी गरिएको विषय हो । त्यसैले कानुनले सञ्चार माध्याम हो भनेर चिन्ने माध्यामलाई बन्द गरिएको छ जस्तो मलाई लाग्दैन । तर खासगरी ब्लगको रुपमा सञ्चालन भएका, कुनै ठेगाना नभएका, को सम्पादक हुन् भन्ने पनि थाहा नभएका र सञ्चार माध्यामको रुपमा दर्ता नभएका पाेर्टलबारे महासंघले बोल्न मिल्दैन् । त्यस्ता पोर्टलले नेपालमा यति जना मरे, यस्तो भयो भनेर जुन हल्ला चलाइरहेका छन्, त्यसरी हल्ला चलाउनेहरु बन्द हुने विषय वैयक्तिक स्वतन्त्रताका विषय बन्लान तर अभिव्यक्ति र प्रेस स्वतन्त्रता अन्तर्गत पर्दैनन् ।

प्रेस स्वतन्त्रताको सीमा नाघेर विचार र अभिव्यक्ति प्रवाह गर्न मिल्दैन । अर्को कुरा मिडियामार्फत जे मन लाग्यो त्यही गर्ने, विभिन्न अपराध गर्ने, नमरेकोलाई मर्यो पनि भन्न पाइन्छ भनेर लेख्ने मिडियाको पक्षमा यतिबेला हामी वकालत गर्न सक्दैनौं । यतिबेलाको हाम्रो प्राथमिकता भनेको जिम्मेवार र मर्यादित पत्रकारिता हो । तर कानुनले प्रेस भनेर चिनेको कुनै पनि मिडिया बन्द भएको छ भने त्यसका लागि हामी लड्छौं । अन्यथा कुनै व्यक्तिगत पोर्टलहरु बन्द भएका छन् भने त्यसलाई प्रेस स्वतन्त्रता हनन हामी भन्दैनौं । व्यक्तिको वैयक्तिक स्वतन्त्रताका पनि केही निश्चित सीमा र मर्यादा हुन्छन् । यतिबेला नेपालका प्रमुख सञ्चारमाध्यामले जिम्मेवार पत्रकारीता गरिरहेका छन् । व्यक्तिगत पोर्टलहरुले मिडियाका नाममा फैलाइरहेका अफवाहहरु भने नियन्त्रण गर्नुपर्छ । उहाँहरुलाई त्यसो नगर्न म अनुरोध गर्न चाहन्छु ।

कानुनले प्रेस भनेर चिनेको कुनै पनि मिडिया बन्द भएको छ भने त्यसका लागि हामी लड्छौं । अन्यथा कुनै व्यक्तिगत पोर्टलहरु बन्द भएका छन् भने त्यसलाई प्रेस स्वतन्त्रता हनन हामी भन्दैनौं । व्यक्तिको वैयक्तिक स्वतन्त्रताका पनि केही निश्चित सीमा र मर्यादा हुन्छन् । यतिबेला नेपालका प्रमुख सञ्चारमाध्यामले जिम्मेवार पत्रकारीता गरिरहेका छन् । व्यक्तिगत पोर्टलहरुले मिडियाका नाममा फैलाइरहेका अफवाहहरु भने नियन्त्रण गर्नुपर्छ ।

अर्को सन्दर्भ, केही समयअघि काठमाडौं प्रेस न्युज पोर्टलमा छापिएको समाचार हटाइएको विषयमा महासंघका महासचिवले प्रधानमन्त्रीका प्रेस सल्लाहकारको नाम जोडेर विज्ञप्ती जारी गर्नुभयो । त्यसपछि तपाइँहरु भित्र पनि विवाद छ कि भन्ने आशंका उब्जियो र बाहिर पनि यसबारे पत्रकारका विभाजित धारणा आए, वास्तविकता के हो ?
यसबारे मैले पनि बाेलेको छु । विज्ञप्ती महासंघको विधानअनुसार महासचिवले नै जारी गर्ने हो । तर नितिगत विषयमा अध्यक्षले जारी गर्ने हो । यस सम्बन्धमा सबैभन्दा पहिलो त काठमाडौं प्रेसले छापिसकेको समाचार सामग्री हटाउन हुन्थ्यो कि हुन्नथ्यो भन्ने विषय हो । राखिसकेको ‘कन्टेन’ हटाउनु भनेको अत्यन्त संवेदनशील विषय हो । त्यसरी छापिसकेको ‘कन्टेन’ हटाउने अधिकार कसैलाई छैन् । साइट बनाउने कम्पनीलाई त झन साइटभित्र घुसेर हटाउने त्यस्तो अधिकार हुँदै हुन्न । हुँदै नभएको अधिकार प्रयोग गरेर छापिसकेको समाचार हटाउने विषय प्रेस स्वतन्त्रताको हनन हो । यो प्रेस स्वतन्त्रतामाथीको नयाँ प्रकारको आक्रमण हो भन्ने कुरामा कसैको पनि विमति छैन् ।

पत्रकार महासंघले ‘कन्टेन’ कसले हटाएको हो ? भन्ने विषयमा छानबिन होस् र त्यसमा संलग्नमाथी कारबाही होस् भन्ने माग गरिसकेको छ । तर जहाँसम्म हाम्रो विज्ञप्तीमा प्रधानमन्त्रीका प्रेस सल्लाहकारको नाम जोडिएको प्रसंग छ, त्यस बारेमा काठमाडौं प्रेस आफैले महासंघको ‘फर्मेट’ का आधारमा पत्रकार महासंघलाई लिखित जानकारी गराएको थियो । त्यसरी लिखित जानकारी आएपछि पत्रकार महासंघ र प्रेस काउन्सिलको टिमको संलग्नतामा मिडिया हाउसमै पुगेर स्थलगत अध्ययन गर्याैं । त्यसपछि महासचिवले वक्तव्य जारी गर्नु भएको हो ।

मुल र नितीगत प्रश्न भनेको प्रेस स्वतन्त्रताको हनन हो की, होइन ? भन्ने कुरा हो । प्रेस स्वतन्त्रताको हनन हो भन्नेमा सबैको सहमति भइसकेपछि यसमा को संलग्न छ वा छैन ? भन्ने सवालमा नाम परेको विषय छ, त्यसमा अध्यक्षको रुपमा यसको नैतिक जिम्मेवारी मैले नै लिन्छु । यो विषयमा पत्रकार महासंघले उपयुक्त थलोमा गम्भीर छलफल गर्नेछ । कतिपयले बाहिर गरिरहेका चर्चाको महासंघले अहिले नै जवाफ दिइरहनुपर्छ भन्ने जरुरी छैन् ।

काठमाडौं प्रेसको यो प्रकरणको निरुपण चाहीँ कसरी हुन्छ त ? यसबाट नेपालका अन्य अनलाइन पोर्टलहरु पनि असुरक्षित हुनसक्ने सन्देश त गयो ?
यो अत्यन्तै गम्भीर विषय हो । प्रेस काउन्सिलले समेत यसलाई गम्भीरतापुर्वक लिएको छ । यसमा संलग्नको छानबिन र कारबाहीको माग गरिएको छ । अन्य संघसंस्थाको पनि यो माग छ । अन्तराष्ट्रिय समुदायको पनि ध्यानाकर्षण भएको छ । यसमा छानबिन हुनुपर्छ भन्ने महासंघको पनि दृढ मान्यता छ । तर अहिले कोरोना भाइरस संक्रमणको असहज स्थिति भएकाले सिंगो देशको ध्यान त्यता मोडिएको  छ । घरमा आगो लागेको बेला सबैको ध्यान आगो निभाउनेतिर हुन्छ । आगो निभाइसकेपछि कसरी आगो लाग्यो ? त्यहाँ कहाँ /कहाँ, कसको, के भूमिका रह्यो ? भनेर पछि समिक्षा हुने विषय हो । यतिबेला हामी सञ्चारकर्मीको ध्यान पनि त्यतैतिर छ । कोरोना महामारी रोकिएपछि त्यसमा हामी संगठित रूपमै गम्भीर रुपमा लाग्छौं ।

सबैभन्दा पहिलो त काठमाडौं प्रेसले छापिसकेको समाचार सामग्री हटाउन हुन्थ्यो कि हुन्नथ्यो भन्ने विषय हो । राखिसकेको ‘कन्टेन’ हटाउनु भनेको अत्यन्त संवेदनशील विषय हो । त्यसरी छापिसकेको ‘कन्टेन’ हटाउने अधिकार कसैलाई छैन् । साइट बनाउने कम्पनीलाई त झन साइटभित्र घुसेर हटाउने त्यस्तो अधिकार हुँदै हुन्न । हुँदै नभएको अधिकार प्रयोग गरेर छापिसकेको समाचार हटाउने विषय प्रेस स्वतन्त्रताको हनन हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गरेका हुन् ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको प्रहरीले बताएको छ ।

परिस्थितिकाे सामना गर्ने भन्नुकाे अर्थ अविस्वासकाे प्रस्ताव सामना गर्छु वा सत्ताकाे बागडाेर अरू नै कुनै तरिकाले सञ्चालन गर्छु भन्ने हाे…