कृषि नै आर्थिक संकट न्यूनिकरणको उपाय

आफ्नो मेहनतले परिवार खुशी राख्न सकियाे भने देश नै खुशी

कोरोना कहर माटो फलाउने अवसर
संकटबाट पार पाउन हामीले के गर्ने ?
विपदको यो घडिमा आम मानिसले
गतिलो पाठ नसिके कहिले सिक्ने ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हुने डरले संसार पुर्णरुपमा त्रसित छ । मानव समुदायमा जसरी ज्यान जोगाउने चुनौती बढ्दै गएको छ, त्यसरी नै खेतियोग्य जमिनमा समेत उत्पादन ठप्प बनेको छ । ८० प्रतिशत भन्दा बढी कृर्षिमा निर्भर हाम्रो मुलुक मात्रै होइन, मध्यम अर्थतन्त्र रहेका र अझ विज्ञान, प्रविधि तथा आधुनिक विकासको गतिले सगरमाथा चुमेका विकसित राष्ट्रहरुलाई विद्यमान अवस्थामा ठूलो झट्का लागेको छ ।

समग्र विश्वकाे अर्थतन्त्र नराम्रोसँग बिग्रिने दिशामा केन्द्रित हुन थालेको छ । यो जारी रहने हो भने निकट भविष्यमै विश्वले ठूलो आर्थिक तथा खाद्य संकट व्यहोर्नुपर्ने निश्चित छ । जारी कोरोना कहरको मारमा कृषि क्षेत्र निस्क्रिय बन्दै गएको छ । विश्वमा नयाँ उत्पादन नहुने र पुरानो खाद्यान्न रित्तिदै गएर चरम खाद्य संकट उत्पन्न हुनसक्ने खतरा सिर्जना भएको छ ।

महामारीको वर्तमान परिस्थिति अझै कति लम्बिने हो अझै ठेगान छैन् । महामारी कुन अवस्थासम्म रहन्छ ? भन्ने थाह हुन्थ्यो भने पनि भावी अर्थतन्त्रको अवस्था के हुनसक्छ, भनेर अनुमान गर्न सकिन्थ्यो । यस प्रकोपको निरन्तरता कहिलेसम्म रहन्छ भन्ने अन्योलताकै कारण भावि अर्थतन्त्रको विश्लेषण पनि जटिल बन्दै गइरहेको छ । यस्तो स्थिति बढ्दै जाँदा संसारको अर्थतन्त्र कसरी र कहिलेसम्म चलायमान हुनसक्ला ? वा पुर्ववत् अवस्थामा फर्किन कति समय लाग्ला ? त्यसको पनि पुर्वानुमान गर्न सकिने झन कुरै भएन ।

नियमित जीवन बन्द प्राय रहेकाले हामी धेरैजसो आफ्नै घरमा कामबिहिन अवस्थामा छौँ । बढ्दो शहरीकरण र सुविधा भोग गर्ने हाम्रो चाहानाले बाँझै रहेको नेपालको उर्वर भूमिले हामीलाई बोलाइरहेको छ । तर पनि हामी हिम्मत गर्न सकेका छैनौं । जोस तथा जाँगर देखाउन सकेका छैनौँ । अनावश्यक टिका टिप्पणी गरेर सामाजिक सञ्जालमा समय बिताइरहेका छौँ । तर अब त्यो सब छोडेर पाखुरा सुर्कने बेला आएको छ ।

कृषिप्रधान देश भनिएपनि नेपाल अहिलेसम्म कृषिमा आत्मनिर्भर भइनसकेकाले छिमेकी मुलुकसँग भर पर्नु बाध्यता छँदै थियो । अबको समय यो समस्या झनै बढ्ने देखिएको छ । देशमा हुुने खाद्यान्न खपतको धेरै हिस्सा बाहिरबाट आइरहेको छ । कोरोना संकटबाट हाम्रा छिमेकी मुलुक झन आक्रान्त बनेको अवस्था जाहेरै छ । सबैठाउँमा उत्पादन नभइरहेको बेला अब केहि समय छिमेकी मुलुकहरुसँग पहिला जसरी आयत–निर्यात गर्न सम्भव देखिँदैन ।

संसारको पछिल्लो अर्थतन्त्र नकारात्मक चित्र देखिँदै गर्दा नेपालका अर्थविदहरु पनि निकट भविष्यबाट भोकमरीको सामना गर्नुपर्ने समय आउन सक्ने विश्लेषण थालिसकेका छन् । वास्तवमा हाम्रो अर्थतन्त्रको प्रमुख स्रोत कृषिमा मानिस खट्न नपाउने स्थितिले उत्पादन ठप्प बनिरहने र संकट झन झन लम्बिदैं जाने अवस्था अब टाढा छैन् ।

संसारभर चुनौती थपिँदै जाने र नेपालमा पनि भयाभह स्थिति खडा हुन सक्ने निश्चितजस्तै बन्दा हामीले के गर्ने ? वा कसरी अगाडी बढ्ने ? भन्ने प्रश्न आजको मुख्य चिन्ताको विषय हो । यसको सम्भावित जोखिमबाट अर्थतन्त्रलाई जोगाउन लिनुपर्ने पहलकदमीबारे घोत्लिएर सोच्नुपर्ने बेला आएको छ । निश्चय पनि अँध्यारोपछि उजलो आउने नै छ । बेलाबखत आइपर्ने यस्ता विपत्तिले मानव समुदायलाई राम्रै पाठ सिकाउने पुराना दृष्टान्त पनि हामीसँग थुप्रै छन् । त्यस्ता पुराना दृष्टान्तलाई गम्दै विद्यमान कहरको जोखम न्युनिकरणमा सबैले जुट्नुपर्ने देखिएको छ ।

उपलब्ध स्रोत तथा साधनको अधिकतम उपयोग गरी संकटबाट माथि उठ्ने विकल्पबारे सबैले ध्यान दिनुपर्ने भएको छ । बहुसंख्यक नेपालीको मुख्य पेसा कृषि भएकाले यस्तो बेला हामीले प्राथमिकतामा राख्ने भनेको कृषि उत्पादन नै हो । यो आजको अनिवार्य र पहिलो शर्त पनि हो । हामीले बुन्ने सपना, बनाउने योजना र देख्ने भविष्य पनि जे हामीसँग छ त्यसैमा हो र त्यो भनेको फेरि पनि कृषि नै हो ।

देशमा कृषि तथा खेतीयोग्य जमिन कति छ ? कुन कुन भागमा कुन कुन उत्पादन गर्न सकिन्छ ? त्यसको एकिन गरी किसानलाई त्यसतर्फ आकर्षण गर्न कसरी अघि बढ्ने भन्ने विषयमा राज्य गम्भीर बन्नुपर्दछ । यसमा नीतिगत योजनाहरु बनाउने मात्रै होइन कि तिनको व्यवहारीक कार्यान्वयनमा विशेष ध्यान दिनुपर्छ । नागरिकलाई कृषिमा आकर्षित गराउने, लगानीको ग्यारेन्टी गर्ने र नाफाको सुनिश्चितताका लागि राज्यले पहलकदमी लिन आवश्यक छ ।

मुलुक कोरोना भाइरस संक्रमणको भयबाट गुज्रिरहेका बेला आइरहेको भ्रष्टाचारको गन्ध दुखद छ । पद र अवसरको दुरुपयोग गर्ने अधिकार र छुट कसैलाई पनि हुँदैन् । संकटको बेला त्यस्तो गर्नेहरुप्रति राज्य निर्मम बन्नुपर्दछ । यो मानवीयता प्रर्दशन गर्नुपर्ने समय हो । जनताले पनि यस्तो समयमा राज्यको मात्रै मुख ताक्नु र राज्यलाई गाली मात्र गर्नु पनि राम्रो होइन् । सरकारले जसरी कृषिलाई जोड दिएर अघि बढ्नुपर्नेछ, त्यसैगरी नागरिकले पनि कृषिमा आवद्द भएर समग्र मुलुकको उत्पादनलाई वृद्धी गर्नतर्फ लाग्नुको विकल्प छैन् ।

सरकार जनताको अभिभावक हो भन्ने कुरामा वास्तवमा संकटको बेला अझ बढी महसुस गराउन सक्नुपर्छ । संकटमा सरकारले जनतालाई कत्तिको राहत महसुुस गराउन सक्छ वा प्रयास गर्छ त्यसैबाट सरकारको लोकप्रियता पनि मापन हुन्छ । नागरिक पीडामा परेका बेला सरकारले अभिभावकत्व ग्रहण गरेर जनताको साथमा छौँ भन्ने सन्देश कमका माध्यामबाट दिनसक्नुपर्छ । उसो त सरकारका लागि जनतालाई विश्वास दिलाउने मौका पनि यही हो ।

तर मुलुक कोरोना भाइरस संक्रमणको भयबाट गुज्रिरहेका बेला आइरहेको भ्रष्टाचारको गन्ध दुखद छ । पद र अवसरको दुरुपयोग गर्ने अधिकार र छुट कसैलाई पनि हुँदैन् । संकटको बेला त्यस्तो गर्नेहरुप्रति राज्य निर्मम बन्नुपर्दछ । यो मानवीयता प्रर्दशन गर्नुपर्ने समय हो । जनताले पनि यस्तो समयमा राज्यको मात्रै मुख ताक्नु र राज्यलाई गाली मात्र गर्नु पनि राम्रो होइन् । सरकारले जसरी कृषिलाई जोड दिएर अघि बढ्नुपर्नेछ, त्यसैगरी नागरिकले पनि कृषिमा आवद्द भएर समग्र मुलुकको उत्पादनलाई वृद्धी गर्नतर्फ लाग्नुको विकल्प छैन् । यो सरकारलाई गाली गर्ने वा जनता आफैं चुप लागेर बस्ने समय पनि होइन ।

अन्य नियमित जीवन बन्द प्राय रहेकाले हामी धेरैजसो आफ्नै घरमा कामबिहिन अवस्थामा छौँ । बढ्दो शहरीकरण र सुविधा भोग गर्ने हाम्रो चाहानाले बाँझै रहेको नेपालको उर्वर भूमिले हामीलाई बोलाइरहेको छ । तर पनि हामी हिम्मत गर्न सकेका छैनौं । जोस तथा जाँगर देखाउन सकेका छैनौँ । अनावश्यक टिका टिप्पणी गरेर सामाजिक सञ्जालमा समय बिताइरहेका छौँ । तर अब त्यो सब छोडेर पाखुरा सुर्कने बेला आएको छ । बाँझो भूमिमाथि मलजल गर्नुपर्ने भएको छ । तत्काल व्यवसायिक खेति गर्न नसकिएपनि त्यो दिसामा अघि बढ्नुपर्दछ । अहिले आफ्नो बाँझो रहेको जग्गा मात्रै सबैले मलजल गर्यौँ भने पनि ठूलो संकटको न्युनिकरणमा हाम्रो भुमिका महत्वपूर्ण बन्न सक्छ ।

अब दुख गरेर वा बरु आधा पेट खाएर भएपनि आफ्नै देशमा पसिना बगाउने सोच र दृढता देखाउनुपर्छ । यस्तो भावना अहिले धेरै जनामा विकास भइरहेको पनि देखिन्छ । जुन अत्यन्तै सुखद पनि हो । सबैले आफ्नो मेहनतले आफ्नो परिवार खुसी राख्न सक्यौँ भने देश नै खुसी हुनेछ । सम्पूर्ण नेपालीको मेहनत र परिश्रमले आफ्नो देशलाई आत्मनिर्भर बनाउन सकिन्छ ।

विद्यमान संकटले संसारभर अर्को ठूलो समस्याका रुपमा बेराजगारीलाई निम्त्याउने देखिइरहेको छ । करोडौँ मानिस रोजगार बिहिन हुने आँकलन भइरहेको छ । । यसबाट नेपाल पनि अछुत रहने कुरा भएन । वैदेशिक रोजगारीका लागि संसारभर छरिएका नेपाली कतिपय अहिले नेपाल फर्किसकेका छन् । कतिपय देश फर्किन प्रतिक्षामा छन् । संकटको बेला आफ्नो परिवार र देशमा हुन नपाउँदाको पीडा धेरै नेपालीले अहिले भोगिरहेका छन् । त्यसैपनि विदेशमा कुन हदसम्मको मेहनत र परिश्रम गर्नुपर्छ भन्ने सबैलाई थाहा नै छ । परिवार र सन्तानसँग टाढिएर जीवन नै जोखिममा राखेर पसिनासँग जीन्दगी साँटिएको तितो यथार्थ हाम्रा सामु छ । यस्तो महामारीको समयमा विदेशमा बन्दी जीवन बिताउँदा कस्तो पीडा हुन्छ होला ?

निष्कर्शमा, अब दुख गरेर वा बरु आधा पेट खाएर भएपनि आफ्नै देशमा पसिना बगाउने सोच र दृढता देखाउनुपर्छ । यस्तो भावना अहिले धेरै जनामा विकास भइरहेको पनि देखिन्छ । जुन अत्यन्तै सुखद पनि हो । सबैले आफ्नो मेहनतले आफ्नो परिवार खुसी राख्न सक्यौँ भने देश नै खुशी हुनेछ । सम्पूर्ण नेपालीको मेहनत र परिश्रमले आफ्नो देशलाई आत्मनिर्भर बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…