त्रिनगर भन्सारबाट नेपालीको उद्वार शुरु, सीमामै र्‍यापिड टेष्ट गरिँदै

फाइल तस्बिर

भीम चौधरी
कैलाली । भारतीय सीमावर्ती क्षेत्रको क्वारेन्टाइनमा राखिएका चार सय बढी नेपालीको उद्वार शुरु भएको छ । झण्डै ४५ दिन क्वारेन्टाइनमा बसेका उनीहरुलाई शुक्रबार कैलालीको त्रिनगर भन्सार नाकाबाट नेपाल भित्र्याइएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार उनीहरुलाई नेपाल फर्काएपछि नेपालकाे क्वारेन्टाइनमा राखिने छ । कैलाली घर भएकाहरुलाई आज स्थानीय तहमा पठाउने तयारी छ भने अन्य जिल्लाका नेपालीहरुलाई धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिने बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले नेपालीहरुको सीमामै यापिड टेष्ट गरेर नेपाल भित्र्याईएको बताउनुभयो ।

सीमापारिबाट त्रिनगर भन्सार नाका हुँदै सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा, बझाङ्ग तथा कर्णाली प्रदेशको सुर्खेत लगायत दैलेख, कास्की, सिन्धुली, रौतहट लगायतका जिल्लाका नेपाली नागरिक रहेका छन् ।

धनगढीमा रहेका भारतीयहरुलाई पनि आज भारत पठाउने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…