प्रदेश १ मा थप १७ जनामा कोरोना, संक्रमित ७६ पुग्यो, कुन जिल्लामा कति ?

काठमाडौं । प्रदेश १ मा एकैदिन १७ जना कोरोना संक्रमित थपिएका छन । बिहीबार एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७६ पुगेको छ ।
संक्रमित हुनेमा झापाका १५, सुनसरीका १ र धनकुटाका १ जना रहेका छन्। झापाका संक्रमित सबै कचनकवल गाउँपालिकाका छन् । याे पालिकामा यसअघि नै ९ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमित मध्ये धनकुटाका एक पुरुष र धरानका एक महिला छन् ।
प्रदेश १ मा बुधबारसम्म पिसिआरबाट ३ हजार ७ सय ७ जनाको परीक्षण भएको छ । यस्तै आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ । प्रदेश १ का जिल्लागत तथ्याङ्क अनुसार सबैभन्दा धेरै उदयपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै झापामा २७ जना, धनकुटामा ७ जना, मोरङमा ४ जना, सुनसरीमा ३ जना, खोटाङमा एक जना र भोजपुरमा एक जना संक्रमित छन् । प्रदेशमा संक्रमित भएकामध्ये २६ जना निको भएर घर फर्किएका छन् ।