किताबमा खेल्ने हात बगरका ढुङ्गासँग खेल्न थाले

आशिष बहादुर सिंह
बझाङ । कोरोनाभाइरसका कारण कलिला नानी बाबुका हातमा किताब कापी बोक्ने बेला माछा मार्न खोली बगर जानु परेको छ । विश्वलाई नै आर्थिक, भौतिक तथा शैक्षिक संस्थामा पारेको प्रभावले कलिला बालबालिकाको पढाइमा पनि निकै असर पारेको देखिन्छ ।

सुगमका बालबालिकाको भन्दा दुर्गमका बालबालिकाको दैनिकी निकै फरक ढङ्गले बितेको नागरिक समाजका अगुवा धर्मजङ सिंहले बताए । सुगम तथा शहरका बालबालिका अनलाइनमार्फत् शिक्षकसँग पढाईको बारे छलफल गरी घरभित्रै अभिभावकसँग बसी पढाईको अभ्यास गरिरहेका छन् भने हाम्रो जस्तो बिगट जिल्लामा फोन समेत नलाग्ने ठाउँका बालबालिका कोही मेलापात गर्छन् त कोही माछा मार्न खोली बगर गएर नै दिन बिताई रहेका छन् ।

विद्यार्थी सुबेर सिंहले भने, ‘विद्यालय बन्ध भएको दुई महिनाभन्दा बढी भएको छ, हामीले परीक्षा दिन पाएका पनि छैनौं । पढेको कुरा पनि हामीलाई याद छैन, भुसुक्कै बिर्सिसकेका छौं । अब परीक्षामा के लेख्ने हो भन्ने चिन्ता छ ।’

उनी जस्तै बालक अरुण रोकायाले भने, ‘मैलै दुई कक्षाको परीक्षा दिएको थिएँ, नतिजा आएको छैन । नतिजा कस्तो आउने हो अनि मैलै कुन किताब पड्ने भनेर कहिले घर आगनमै साथीहरुसँग खेल्छौ, कहिले खोलातिर नुहाउन र माछा मानै जान्छौं ।’

लकडाउनका कारण एसईईको परीक्षा पनि स्थगित भएको छ । शैक्षिकसत्र शुरु भएर पढाईले गति लिनेबेलामा अन्योलमै रहन बाध्य छन् विद्यार्थीहरु ।

बझाङका १२स्थानीय तहमध्ये कुनैपनि स्थानीय तहले बालबालिकाको पढाईबारे कसैको पनि चिन्ता र चासो देखाएका छैनन् । स्थानीय सरकारले बालबालिकाका लागि अनलाइन वा रेडियोबाट पढाई पो शुरु गर्ने हो कि यसबारेमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…