अमेरिकामा प्रदर्शन, बंकरमा लुके राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकामा जातीय हिंसाविरुद्धको प्रदर्शनले उग्र रुप लिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प बंकरमा लुक्नु परेको छ । ६ दिनदेखि अमेरिकामा जारी जातीय हिंसाविरुद्धको प्रदर्शनले उग्र रुप लिएको छ । ह्वाइट हाउस अगाडि भएको विरोध प्रदर्शनले उग्र रूप लिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बंकरमा लगेर राखिएको खुलासा भएको छ ।

ह्वाइटहाउस अगाडि शुक्रबार रातभर भएको प्रदर्शनमा प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि ट्रम्पलाई गुप्त सेवाका अधिकारीहरुले सुरक्षाका लागि बंकरमा लगेको खुलेको हो । समाचार संस्था एसोसियट प्रेसका अनुसार आतंकवादी समूहको हमला वा आपतकालीन सेवाको लागि बनाइएको बंकरमा ट्रम्पलाई एक घन्टा राखिएको थियो । यद्यपि, ह्वाइट हाउसले भने ट्रम्पलाई बंकरमा राखिएको विषयलाई पुष्टि गरेको छैन । समाचार संस्था सिएनएनले त बंकरमा ट्रम्पकी पत्नी मेलिनिया र छोरालाइ समेत बंकरमा लगिएको दाबी गरेको छ ।

ह्वाइट हाउसका प्रवक्ता जुड डिरीले ह्वाइट हाउसले सेक्युरिटी प्रोटोकलका त्यस्ता निर्णयबारे टिप्पणी नगर्ने बताएका छन् । राष्ट्रपति ट्रम्प बंकरमा लगिएको बारेमा अमेरिकी समाचार संस्थाहरु सबैजसोले खबर दिएका छन् । गुप्त सेवाका अधिकारीहरुले प्रदर्शनकारीलाई पन्छाएपछि ट्रम्पले गरेका एकपछि अर्का ट्वीट निकै आक्रोशित थिए । उनले प्रदर्शनकारीलाई कथितको संज्ञा दिँदै विरोध उग्र बनाइरहे शिकारी कुकुर र घातक हतियार प्रयोग गरिने चेतावनीसम्म दिएका थिए । मिनिसोटा राज्यको मिनियापोलिसमा गत सोमबार प्रहरीको यातनामा एक अश्वेत जर्ज फ्लोयड मारिएपछि अहिले अमेरिकाभर आगो सल्केको छ ।

ठूला ३० शहरमा प्रदर्शन भएको छन् प्रायशः शहरहरुमा प्रदर्शन उग्र बन्न थालेपछि कफ्र्यू आदेश जारी गरिएको छ । यद्यपि, त्यो घटनामा सामेल प्रहरी अधिकारीलाई नियन्त्रणमा लिएर थर्ड डिग्री हत्याको मुद्दा दर्ता गरिएको छ

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…