लकडाउनमा जुवा खेल्ने ७ जना पक्राउ

झापा । कनकाई नगरपालिकामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । कनकाई नगरपालिका–३ टप्पु टोलस्थित चेतनकुमार प्रसाईँको घरमा जुवा खेलिरहेका बेला सात जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नदग ७१ हजार, क्यान्डिड पाउडर र एक थान गलैँचा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा कनकाई–३ का विष्णुप्रसाद उप्रेती, लिलु अग्रवाल, सुरज चुडाल, हरि खरेल र ओमप्रकाश चापागाईँ छन् भने कनकाई–४ का मानबहादुर श्रेष्ठ र हरिबहादुर श्रेष्ठ रहेका छन् । उनीहरुलाई अनुसन्धान गरी कारवाहीका लागि अनारमनी इलाका प्रहरी कार्यालयमा राखिएको बताइएको छ ।