नेपाल क्रिकेट संघद्वारा प्रतियाेगिता कमिटी विस्तार

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता कमिटीसहित विभिन्न चार कमिटीको विस्तार गरेको छ । क्यानले यसअघि बनाएको चार कमिटीलाई विस्तार गरिएको जनाएको छ ।

क्यानले प्रतियोगिता कमिटी, टेक्निकल कमिटी, फाइनान्सियल कमिटी र मिडिया कमिटीमा सदस्य थप गर्दै कमिटी विस्तार गरेको हो । यस अघि क्यानले संयोजक चयन गर्दै चार कमिटी बनाएको थियो । तर, कमिटीमा सदस्यहरु रहेका थिएनन् । प्रशान्त बिक्रम मल्लको संयोजकत्वमा रहेको प्रतियोगिता कमिटीमा दाउद अन्सारी, ऋषिराम गौतम, बिक्रम बिष्ट र कैशाल बिष्टलाई सदस्य राखिएको छ ।

यस्तै संजय राज सिंहको संयोजकत्वमा रहेको टेक्निकल कमिटीमा विरेन्द्र बहादुर चन्द, अमित बिर पाण्डे, अरुण कुमार अर्याल र संजय गुरुङलाई ल्याईएको छ ।

रोशन कुमार सिंहको संयोजकत्वमा रहेको फाइनान्सियल कमिटीमा माधव कर्माचार्य र दुर्गा राज पाठक थपिएका छन् । यस्तै मिडिया कमिटीमा भानुभक्त सिग्देल सदस्यको रुपमा आएका छन् । यसअघि याे कमिटीको संयोजक अशोक नाथ प्याकुरेल रहेका थिए ।

नयाँ नेतृत्व आएपछि बसेको क्यानको पहिलो बोर्ड बैठकले चार कमिटी गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…