Logo माघ १२, २०७७ सोमबार


भारतमा टिकटक प्रतिबन्ध, चीनकाे कडा आपत्ति

काठमाडौं । भारतले टिकटक र विच्याटलगायत ५९ वटा चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाएकोमा चीनले कडा आपत्ति जनाएको छ । नयाँ दिल्ली स्थित चिनियाँ दूतावासका प्रवक्ता जि रोङले मंगलबार एक विज्ञप्ति जारी गर्दै यो प्रतिबन्धले दुई देशबीचको व्यापार सम्बन्धमा नकारात्मक असर पर्ने बताएका छन् ।

उनको विज्ञप्तिमा भारतको यो कदमलाई विभेदकारी र विश्व व्यापार संगठनको मान्यताको विरुद्ध पनि भनिएको छ । कान्तपुर दैनिकमा प्रकाशित समाचार अनुसार चिनियाँ मोबाइल एपले भारतको सार्वभौमिकता र आन्तरिक सुरक्षामा खतरा पैदा गरेको भन्दै भारतीय सूचना प्रविधि मन्त्रालयले ५९ वटा एपलाई प्रतिबन्ध लगाएको थियाे । लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेनासँग भएको झडपमा २० भारतीय सैनिक मारिएका थिए । त्यसपछि भारत र चीनबीचको सम्बन्ध बिग्रिएको मानिन्छ । विज्ञप्तिमा भारतले ती एपले भारतीय सुरक्षाामै खतरा भएको भन्ने आरोपको पनि खण्डन गरिएको छ ।

साथै विज्ञप्तिमा भारतको यस कदमले ठूलो संख्यामा भारतीयको रोजगारी पनि गुम्ने बताइएको छ । यी एपहरु भारतीय उपभोक्तामाझ पनि निकै लोकप्रिय भएका भन्दै उपभोक्ताको रोजाइ र उपभोगको अधिकारलाई पनि यसले कुण्ठित गर्ने चीनको भनाइ छ ।

चीनले एपलाई प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिई दुई देशबीचको व्यापार सम्बन्धलाई सुमधुर बनाउन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ओलीले झापाको दमकमा अर्बाैँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उहाँले आरोप लगाउनुभयो ।

अभियुक्तकाे साथबाट १७ हजार ७ सय रुपैयाँ नगद तथा दुई सेट मोबाईल समेत बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले…

भुसालले भन्नुभयो, ‘पार्टी एकताको पक्षमा हामी सबै रहेकाले पार्टीलाई यो अवस्थासम्म ल्याइ पुर्याउन जजसले भुमिका खेले उनीहरुलाई कारबाही गरेर नेकपालाई…

महालेखा परीक्षकको टोलीले जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहको लेखापरीक्षण सम्पन्न गरेको छ ।

अध्यक्ष नेपालले भन्नुभयाे, ‘केपी ओलीको धुलो छाप पार्टीमा सदस्यहरू गए । ४५ सदस्यीय स्थायी कमिटीमा हामीसँग बहुमत छन् ।'

कोरोनाविरुद्ध अग्रभागमा काम गर्ने पहिचान गरिएका व्यक्तिलाई पहिलो चरणअन्तर्गत खोप दिइन लागेको हो ।