श्रावण २४, २०७७ शनिबार
Logo


नयाँ सुरक्षा कानुन अन्तर्गत हङकङ प्रहरीद्वारा प्रदर्शनकारी पक्राउ

काठमाडाैं । चीनको नयाँ सुरक्षा कानून अन्तर्गत हङकङ प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गर्न थालेको छ । चीन सरकारले बुधबारदेखि लागु हुने गरी हङकङमा नयाँ प्रदर्शन–विरोधी कानुन लागू गरेको छ ।

बेलायती उपनिवेशन अन्त्य भएको २३ औँ वर्षगाँठ मनाउनका लागि भेला भएकाहरुलाई हङकङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मध्ये १० जनालाई कानुन उल्लंघन गरेको आरोप लगाइएको छ । प्रहरीले झण्डै ३ सय ६० जनालाई र्यालीकै क्रममा नियन्त्रणमा लिएको विदेशी सञ्चार माध्यमले बताएका छन् । तर प्रजातन्त्र पक्षधरहरुले चीनले लागु गरेको नयाँ कानुनले हङकङको स्वतन्त्रता तथा स्वायत्तता गुम्ने भन्दै चीन सरकारको नयँ कानुन घोषणा भएदेखि नै विरोध गर्दै आएका छन् ।

सन १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएसँगै त्यहाँ उच्चस्तरको स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ । चीनको हिस्सा भएर पनि हङकङ अलग छ ।

यसैबीच, बेलायतले हङकङका ३० लाख बासिन्दालाई नागरिकताको प्रस्ताव गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले हङकङका बासिन्दलाई बेलायतमा बसोबास गर्ने र नागरिकता प्रदान गर्ने प्रस्ताव गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…