मोटरसाइकल दुर्घटना हुँदा आमाछोराकै मृत्यु

धनुषा । क्षिरेश्वरनाथ नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा आमाछोराकै मृत्यु भएको छ । क्षिरेश्वरनाथ–४ हरैयाचोकमा ज.३ प ७०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका–२० देवपुरा रूपैठा बस्ने २५ वर्षीय विजय कुमार शर्मा र मोटरसाइकलमा सवार उनकै आमा ४५ वर्षीया धर्मवती देवी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।