नेपालमा सीमा सुरक्षा कानुन आवश्यक

बलियो पर्खालले असल छिमेकी जन्माउँछ अमेरिकी कविले भन्नु भए झै सीमाना व्यवस्थापन संम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास के कस्तो छ  ? केलाउनु पर्ने हुन्छ । विश्वमा रहेका सीमा व्यवस्थापन हेर्दा मुख्यतः तीन वटा प्रणाली रहेको पाइन्छ । पहिलो खुला सीमा प्रणाली अमेरिका र क्यानडा, नेपाल र भारतबीच रहेको छ । दोस्रो सीमा प्रणाली विवाद नरहेको देशमा पासपोर्ट भिसा देखाएर अध्यागमन अधिकारीको जाँचबुझबाट यात्रुको आवागमन र प्रत्यागमन गर्ने गरिन्छ । कतिपय देश बीच सीमानामा तारजाली र पर्खाल लगाएर आफनो सीमाना संरक्षण गरिएका छन् ।

नेपाल–भारतको सिमानामा काँडेतारको व्यवस्था गर्नुपर्ने आम नेपाली जनताको आवाज उठिरहेको बेला कानूनी व्यवस्थाको अपर्याप्तता महशुस गरिएको छ । यसै सन्दर्भमा नेपालको संविधान बमोजिम परमादेश जारी गरी उचित उपचारका साथै संवैधानिक हकको प्रचलन गराई पाउँ भन्ने माग सहित असार ७ गते सर्वाेच्चमा रिट निवेदन दर्ता भएको छ । काेराेना भाइरस (कोभिड १९) को महामारीको जोखिम दिनप्रतिदिन बढ्दै गइरहेको छ । तैपनि अधिवक्ता सुवाश विश्वकर्मा, अधिवक्ता शालिकराम सापकोटा समेतले अदालतमा उपस्थित भएर सिमानाको सुरक्षा सम्बन्धी कानुन तत्काल बनाइ सिमानाको रक्षा गरियोस भनि रिट दिएका छन् । रिटमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेतलाई विपक्षी बनाइएको छ । सम्मानित सर्वाेच्च अदालतले सरकारका नाममा असार १२ गते नै कारण देखाउ र अग्राधिकार को आदेश जारी गरिसकेको छ । नेपाल–भारतबीच रहेको खुला सिमानालाई यथाशीघ्र सीमाना सुरक्षा सम्बन्धी कानुन ल्याएर मात्र सीमा व्यवस्थापन गर्न सकिन्छ । नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता तथा राष्ट्रियहित को रक्षा गर्नु रिट निवेदनको मुख्य आशय हो ।

पृथ्वीनारायण शाहले भनेका थिए, नेपाल दुई ढुंगाको तरुल हो । दुई विशाल मुलुक चीन र भारतबीचमा नेपाल अवस्थित छ । नेपालको उत्तरमा चीन  छ भने दक्षिण, पूर्व र पश्चिममा भारतको खुला सीमा छ । खुला सीमाका कारण नेपाल – भरतबीच आवागमनमा सुविधा नभएका होइनन् । आर्थिक रुपमा सहजता, सांस्कृतिक र धार्मिक हिसाबले चारधाम यात्रा, रोटी–बेटीको रगतसँगकोे आपसी सामाजिक सम्बन्ध समेत छन् । नेपाल–भारतबीच पारीवारिक सम्बन्ध छ भन्दा फरक नपर्ला । दुवै देशमा कहिलेकाँही संकट पर्दा एकअर्काेमा सहयोगीको भावना नरहेको पनि पाईदैन । मानवीय व्यवहार, स्वास्थ सेवा, उपचार, शिक्षा, दैनिक उपभोग्य खाद्यवस्तुको खरिदबिक्री एकै आगन जस्तो पनि भइरहेको छ । स्थानीय श्रमिकको आपूर्ति केही हदसम्म दुवैतर्फ सहज भएको पनि छ । तर खुला सीमा हुनुको बिडम्बना नेपालका २३ वटा जिल्लाको ७१ स्थानमा ६०,६६२ हेक्टर जग्गा सिमाना तथा दशगजा क्षेत्र भारतीय अतिक्रमणको चपेटामा गुज्रिरहेका छन् । यसबाट के देखिन्छ ? भने नेपालकोभूमि भारतको मिचाहा प्रवृतिमा परिहेको छ ।

नेपाल कहिल्यै कसैको औपनिवेशिक र पराधिन भएन । पूर्खाहरुले मुलुक भरी छरिएर रहेका बाइसे, चौबिसे राज्य एकताको सूत्रमा बाँधे । छरिएर रहेका सामन्ती राजा रजौटालाई एकीकृत गरेर नेपाल राष्ट्र निर्माण गरेका हुन् । पूर्खाले स्वाधिन, अखण्ड राष्ट्रका नेपाली नागरिकहलाई भूमिको रक्षा गर्ने सार्वभौमसत्ता र राजकीयसत्ताको जिम्मेवारी सुम्पिएका छन् । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी आजसम्म संविधान वा अन्य कुनै कानुन बनेका छैनन् र बन्ने पनि छैनन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमान नेपालीका पहिचान हुन् । नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नै स्वाधिन नेपालको निर्माणमा एक जुट हुनु पर्ने आजको लोकतान्त्रिक गणतन्त्रको सही अभ्यास ठहरिने छ ।

नेपाल भारत सीमा खम्बाको संख्या ८,५५३ एकीन गरिएकोमा ९१६ अंग्रेजका पालामा गाडिएका जंगे पिलर स्तम्भ र ५२७६ खम्बा जमिनमा बनाइएको पाइन्छ । ३,२७७ सहायक स्तम्भ निर्माण गर्न बाँकी रहेकोमा १,६३८ सहायक स्तम्भह विभिन्न नदी तथा खोला, खहरे, नालाको पानीमा पर्ने भएकोले निर्माण गर्न नसकेको देखिन्छ । गाडिएका खम्बा मध्ये १३२५ सीमा खम्बा गायव पारिएको छ । यी मध्ये धेरै जसो उखेलेर फालिएको छ भने कतिपय खम्बा पानीले बगाएको छ ।

विश्वका सवै राष्ट्रको सार्वभौमसत्ता र अखण्डताको हैसियत समान हुन्छ । ठूलो देशको ठूलो र बलियो सार्वभौमसत्ता, अखण्डता हुने तर सानो देशको निर्वल सार्वभौमसत्ता र अखण्डता हुन्छ भन्न मिल्दैन । सबै राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रियहित बराबर हुन्छ । सानो राष्ट्र होस वा ठूलो राष्ट्र सबैलाई सार्वभौमसत्ता र अखण्डता उत्तिकै प्यारो हुन्छ । ठूलो राष्ट्रका जनताले जति आफनो देशलाई माया गर्छन् त्यति नै सानो देशका जनताले पनि आफनो देशलाई माया गर्छन् । त्यसैले हामी जहाँ रहेपनि हाम्रो देश नेपाललाई माया नगर्ने र नेपालको अस्तित्व नखोज्ने कोही छैनौं । नेपालमा सिमाना संरक्षण सम्बन्धी कानुन बनाएर मात्र सिमानाको रक्षा, राष्ट्रिय हितको संरक्षण गर्न सकिन्छ । भूपरिवेष्ठित देश नेपालकोसीमानाको रक्षा रसंरक्षणका लागी उपयुक्त कानुन बनाएर सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हितको रक्षा गर्न सकिन्छ । समान आकांक्षा, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियहित तथा समृद्धिप्रति आस्थावान रहि एकताको सुत्रमा आवद्ध सवै नेपाली जनता समष्टिमा एक राष्ट्र मानिएको छ । नेपाल स्वतन्त्र अविभाज्य ,सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भइसकेको छ ।

भारतको खुला सिमानाको कारणलेसांगठनिक अपराध र सिमानामा आंतककारी गतिविधि मौलाएको छ ।सिमाक्षेत्रमा हातहतियार एवं बिस्फोटक पदार्थको अवैध कारोवार निरन्तर भइरहेको छ । नेपाली चेलीबेटी बेचविखनको केन्द्रबिन्दु नै भारत बनेको छ । संयुक्त राष्ट्रसंघ महिला विकाश कोष, माइती नेपालको सर्वेक्षणलाई हेर्दा नेपाली महिला भारतमा बिक्री भइरहेका छन् । नेपाली चेलीबेटी भारतका विभिन्न देहव्यापारका केन्द्र र रेडलाइट गल्लीमा नारकीय जीवन बिताइरहेका छन । भारतीय बाटो हुँदै अन्य मुलुकमा समेत नेपाली महिला बेचविखन हुन पुग्ने अवस्था छ । तेश्रो देशका व्यक्ति शरणार्थी रुपमा घुसपैठ गर्ने गरेका पनि छन् । भारतीय नागरिकले नेपाल र नेपाली नागरिकले भारतमा बसाई सराई गर्ने र नागरीकता लिने क्रम चलेकै छ । निर्वाचन हुदाँ वारी बाट पारी, पारी बाट वारी गर्ने अवस्था विद्यमान छ । नक्कली शैक्षिक प्रमाणपत्र खरि बिक्री मालसामानको खुला तस्करी, राजस्व छली तीब्र रुपमा चलेको देखिन्छ । नेपाल–भारतको खुला सिमानाको कारणले विशेषगरी नेपालको राष्ट्रिय सुरक्षामा गम्भीर असर परेको देखिन्छ ।

छिमेकी देश भारतले अतिक्रमण गरेकासुदुर पश्चिमदेखि सुदुर पूर्वसम्मका क्षेत्र छन् । नेपालका अतिक्रमित भूमी मा दार्चुला(व्यास लिपुलेक–कालापानी–लिम्पियाधुरा) कन्चनपुर(बह्मदेव बजार, टनकपुर व्यारेज, शारदा व्यारेज, वनबासा तटबन्ध, रौतेली विचवा,झिलमिला शुक्लाफाँटा वन्यजन्तु आरक्षणक्षेत्र, फटिया गाँउ, परासन प्याराताल), कैलाली (फुलवारी लालबोझी), वर्दीया(खैरीचन्दनपुर खैरीगाँउ चौगुर्जी),बाँके(होलियो धोरढोर), दाङ्ग(कोइलावास), कपिलवस्तु(कुष्णनगर), रुपन्देही(मर्चवार क्षेत्र), नवलपरासी(सुस्ता), चितवन(वाल्मिकी आश्रम क्षेत्र, माडी कल्याणपुर, पर्सा(ठोरी जानकीटोला मितेरी पुलरौतहट,जोकाहा जमुना जयनगर), सर्लाही(त्रिभुवननगर संङ्ग्रामपुर), महोत्तरी(सम्सी, सिसवा कटैया), सिरहा(माडर ठाँडी र भाटी बलान), सप्तरी(देउरी,बनिनिया भुतहिधार,छिन्नमस्ता सखडा, लालापट्टी गोविन्दपुर, तिलाठी ,कुनौली, गोवारगाढाविष्णुपुर शिवनगर,गोबरगाढा), सुनसरी (कप्तानगंन्ज साहेबगन्ज), मोरङ्ग(रानी जोगबनी रंङ्गेली, बरडन्गा बक्राहा), झापा(कोरोबारी पाठमारी, महेशपुर मेची किनार ज्यामिरगढी काँकडभित्ता भान्साखोला नकलबन्दा, बाहुनडाँगी), इलाम(श्रीअन्तु गोख माने भन्ज्याङ माइमजुवा, सन्दकपुर पर्यटकीय स्थल, तुम्लिम देखि कालपोखरी सम्म), पाँचथर(प्राङ्बुङ, च्याङथापु), ताप्लेजुङ्ग(तिम्बुङपोखरी पूर्वी डाँडा, कालीखोला काबेली खोला याम्फुदिन लेलेप कञ्चनजङ्घा आधार शिविर) आदि रहेका छन् ।

नेपाल– भारत सिमानामा अवस्थित जंङ्गे सीमाना खम्बाबाट भारततर्फ दशगजा र नेपाल तर्फ अर्को दशगजा गरी बिसगज चौडा भूमिको भाग लाई छोडेर दशगजा क्षेत्र कायम गर्ने व्यवस्था गरिएको छ । दसगजा क्षेत्र मानवरहित भूमि हो । नेपाल र भारत सिमानामा छुट्याएको जंगे पिलर  तथा सहायक पिलरको अवस्थाः नापी विभागको अभिलेख लाई हेर्दा नेपाल भारत सीमा खम्बाको संख्या ८,५५३ एकीन गरिएकोमा ९१६ अंग्रेजका पालामा गाडिएका जंगे पिलर स्तम्भ र ५२७६ खम्बा जमिनमा बनाइएको पाइन्छ । ३,२७७ सहायक स्तम्भ निर्माण गर्न बाँकी रहेकोमा १,६३८ सहायक स्तम्भह विभिन्न नदी तथा खोला, खहरे, नालाको पानीमा पर्ने भएकोले निर्माण गर्न नसकेको देखिन्छ । गाडिएका खम्बा मध्ये १३२५ सीमा खम्बा गायव पारिएको छ । यी मध्ये धेरै जसो उखेलेर फालिएको छ भने कतिपय खम्बा पानीले बगाएको छ । जलाशयभित्र जंगे सिमाना खम्बा डुबेका छन । यी मध्ये १८९ खम्बा जीर्ण अवस्थामा छन । करिब १९५६ खम्बा मर्मत गर्नुपर्ने छन ।सन् १८१६ को सुगौली सन्धिदेखि हालसम्म मूल सीमास्तम्भहरु नेपाल भारत सीमानामा सीमांकन गर्न सकिएको छैन । समयको हिसाबले हेर्दा दुई शताव्दीसम्म पनि सीमाविहीनताको अवस्था रहेको छ । जसले गर्दा राति सुत्दा नेपाली भोलिपल्ट उठ्दा भारतीय हुने समस्या नेपाल भारत सीमानामा ज्यूका त्यूँ छ ।

नेपाली जनताले राष्ट्रीय लोकतान्त्रिक अग्रगामी परिवर्तनका लागि पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संर्घष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्न सकिन्छ । यसको उपलब्धि भनेकै हामी सार्वभौमसत्ता संम्पन्न नेपाली जनताको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता राष्ट्रिय एकता स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सावैभौम अधिकार स्वायत्तत्ता र स्वशासनको अधिकार लाई आत्मसात गरी संविधानसभाले मूल कानूनसंविधान बनायोे । यही संविधानको निष्ठा र मार्गदर्शनमा सम्पूर्ण नेपालीहरू आफनो सार्वभौमिकत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न सक्षम रहेका छन् ।

नेपालको संविधान २०७२ को धारा ३ बमोजिम नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक बिशेषतायुक्त, भौगोलिक विविधतामा रमणीय मुलुक हो । नेपालको संविधानको धारा १७ मा संघीय एकाईबीचको सु–सम्बन्ध नेपालको सुरक्षामा आँच पु्याउने कार्य संविधानद्वारा रोक लगाउने भनिएको छ । त्यसैगरीे धारा ५१(क)मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनताको संरक्षण गदै राष्ट्रिय एकता अक्षुण्ण राख्ने राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति हुनेछ भनिएको छ । धारा २६७ को मा नेपालमा कुनै कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषद नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिबाट नेपाली सेना परिचालनको व्यवस्था गरिएको छ ।

विदेशी नागरिकले सीमास्तम्भ अतिक्रमण गरेमा, हटाएमा वा परिवर्तन गरेमा यो ऐनको बहुक्षेत्रिय प्रयोग गरी कसुरमा सजाय हुनेछ भन्ने व्यवस्था पनि मुलुकी फौजदारी संहितामा उल्लेख गरिएको छैन । छिमेकी राष्ट्रले सीमा अतिक्रमण गरेमा, गर्न लगाएमा, सीमाना हटाएमा, हटाउन लगाएमा, परिवर्तन गरेमा प्रस्तुत ऐन बमोजिम सजाय गर्न मिल्दैन । यो गम्भीर प्रकृतिको कसूर हो भनि मुलुकी अपराध संहिता २०७४ मा समेत व्यवस्था गरिएको छैन । तसर्थ विद्यमान कानुनमा सीमा रक्षा र राष्ट्रियहितको संरक्षण गर्न बलियो आधारको कमी देखिन्छ ।

नेपालको मुलुकी फौजदारी संहिता, २०७४ को दफा ४९ विदेशी राज्य, सरकार वा संगठित शक्तिसंग मिलि कुनै प्रकारको षड्यन्त्र गर्न, दुरुत्साहन गर्न, उद्योग गर्न हुदैन भन्ने सार्वभौमसत्ता, अखण्डता तथा सीमा रक्षा सम्बन्धी व्यवस्था छ । नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वधिनता, स्वतन्त्रता र राष्ट्रियहित संरक्षण गर्ने सीमा अतिक्रमणको कानुनलाई सामान्य प्रकृतिको कसूर ठानिएको छ । नेपाली नागरिकले आफनो देशको सीमाना अतिक्रमण गर्दैन, सीमास्तम्भ हटाउदैन, परिवर्तन गदैन । विदेशी नागरिकले सीमास्तम्भ अतिक्रमण गरेमा, हटाएमा वा परिवर्तन गरेमा यो ऐनको बहुक्षेत्रिय प्रयोग गरी कसुरमा सजाय हुनेछ भन्ने व्यवस्था पनि मुलुकी फौजदारी संहितामा उल्लेख गरिएको छैन । छिमेकी राष्ट्रले सीमा अतिक्रमण गरेमा, गर्न लगाएमा, सीमाना हटाएमा, हटाउन लगाएमा, परिवर्तन गरेमा प्रस्तुत ऐन बमोजिम सजाय गर्न मिल्दैन । यो गम्भीर प्रकृतिको कसूर हो भनि मुलुकी अपराध संहिता २०७४ मा समेत व्यवस्था गरिएको छैन । तसर्थ विद्यमान कानुनमा सीमा रक्षा र राष्ट्रियहितको संरक्षण गर्न बलियो आधारको कमी देखिन्छ ।

सशस्त्र प्रहरी ऐन, २०५८ को दफा ६ मा शसस्त्र प्रहरीले नेपालको सीमा सुरक्षा गर्ने भनि व्यवस्था छ ।सशस्त्र प्रहरी ऐन २०५८ मा सशस्त्र प्रहरीको संचालन सम्वन्धमा सशस्त्र प्रहरीको १२ वटा काम मध्ये नेपालको सीमा सुरक्षा गर्न भनि तोकिएको छ । सशस्त्र प्रहरी विशेष सीमा सुरक्षा प्रहरी नभएर सशस्त्र संघर्ष, विद्रोह, पृथकतावादी , आतंककारी गतिविधि नियन्त्रण गर्न, दैवी प्रकोप र माहामारीबाट पीडितको उद्धार गर्न, गम्भीर प्रकृतिका अपहरण तथा अशान्ति नियण्त्रण गर्न, सार्वजनिक महत्वका भवन स्मारकको सुरक्षा, नेपाल सरकारले सुरक्षा दिनुपर्ने भनि तोकेका व्यक्तिको सुरक्षा गर्ने लगायतका कार्यबीच सीमा रक्षा गर्ने जिम्मेवारी समेत सशस्त्र प्रहरीलाई सुम्पिएको छ । सशस्त्र प्रहरी माइतीघर मण्डलामा उभिएर हुलदंगा नियन्त्रण गर्न पानीको फोहरा फाल्नेदेखि लिएर विशिष्ट व्यक्तिहरूको चौकीदारी र सीमाको रक्षालाई एउटै विषयभित्र राखिएको छ । सशस्त्र प्रहरीलाई सीमा रक्षा गर्ने भनि एपनि भंन्सार कार्यालयको रक्षाका लागि मात्र राखिएको सीमा क्षेत्रमा रहेका भंन्सार कार्यालयभित्र मात्र सशस्त्र प्रहरीको केन्द्रीकरण नै छ । सशस्त्र प्रहरीलाई दिइएको जिम्मेवारीले नेपालको सीमाको रक्षा गर्न असफल भइरहेको छ ।

सैनिक ऐन, २०६३ को दफा ४ मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षाको लागि नेपाली सेनको स्थापना गरिनेछ भनि व्यवस्था गरीएको छ । नेपालको संविधानको धारा २६६ ले नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि प्रधानमन्त्रीको नेतृत्वमा सात सदस्यीय सुरक्षा परिषदको संविधानमा व्यवस्था गरिएको छ । नेपालको राष्ट्रिय सुरक्षा नीति २०७३ मा सार्वभौमसत्ता, अखण्डता तथा सीमा रक्षा सम्बन्धी व्यवस्था राष्ट्रिय नीतिको अवलम्बन गरिएको छ । राष्टिय सुरक्षा नीतिमा सीमा तथा अध्यागमनको प्रभावकारी नियमन, व्यवस्थापन र नियन्त्रण गर्ने सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न, जरुरी छ । संविधानको मर्म सिद्धान्त तथा व्यवस्था संगत हुने गरी सुरक्षा सम्बन्धी ऐन कानुन बनाउने र लागू गर्ने रणनीतिक लक्ष्यभित्रको कार्यनीतिका रुपमा अंगिकार गरिएको छ ।तर सीमा रक्षाका निम्ति सेनाको भूमिकाको विषयमा ऐनमा कुनै व्यवस्था गरिएको छैन ।

बलियो पर्खालले असल छिमेकी जन्माउँछ अमेरिकी कविले भन्नु भए झै सीमाना व्यवस्थापन संम्बन्धमा अन्तरराष्ट्रिय अभ्यास के कस्तो छ  ? केलाउनु पर्ने हुन्छ । विश्वमा रहेका सीमाना व्यवस्थापन प्रणालीलाई हेर्दा मुख्यतः तीन वटा प्रणाली रहेको पाइन्छ । पहिलो खुला सीमा प्रणाली अमेरिका र क्यानडा, नेपाल र भारतबीच रहेको छ । दोस्रो सीमा प्रणाली विवाद नरहेको देशमा पासपोर्ट भिसा देखाएर अध्यागमन अधिकारीको जाँचबुझबाट यात्रुको आवागमन र प्रत्यागमन गर्ने गरिन्छ । कतिपय देश बीच सीमानामा तारजाली र पर्खाल लगाएर आफनो सीमाना संरक्षण गरिएका छन् । भारतले बंगलादेश, म्यानमार, पाकिस्तानबीच तारजाली लगाएर सीमाना सुरक्षा गरेको छ ।तेस्रो बन्द सीमा प्रणाली विल्कुलै आफनो देशमा प्रवेश नै गर्न नदिने प्रतिबन्ध लगाइएका पर्छन् । उत्तर कोरीया र दक्षिण कोरियाको बीचमा सीमानै बन्द रहेको छ ।

अन्तर्राष्ट्रिय सीमा विवादहरुलाई हेर्दा अन्तराष्ट्रिय सीमानामा भूमि विवाद भएको अवस्थामा तारजाली वा दिवाल उठाएर सिमाना व्यवस्थापन गरिएको देखिन्छ । दक्षिण कोरिया र उत्तर कोरिया, कुवेत र इराक, साउदी अरविया र इराक, उज्वेकिस्तान र किर्गिस्तान, इजरायल र लेवनान, वेलीज र ग्वाटेमाला देशले विवादित भूमि भएको कारणबाट तारजालीर पर्खाल लगाई सीमा व्यवस्थापन गरेका छन । सिमानामा तारजाली लगाउनुको मुख्य उद्देश्य गैरकानुनी आप्रवासन र आतंकवादी क्रियाकलाप निषेध गर्नका लागि लगाइएको भनि तारजाली लगााउनुको वैधतालाई पुष्टि गरिएकोे छ । अमेरिका र मेक्सीको सिमानामा पर्खाल लगाइरहेको छ । सर्विया गणराज्य र इंगल्यान्डबीच दिवाल उठाएर सिमाना व्यवस्थापन गरेको देखिन्छ । तसर्थ तारजाली र दिवाल लगाउनु वैधता मानिएको छ ।

नेपालको संविधान, कानुन र नीतिमा सीमा संरक्षणका आधार पर्याप्त छैनन् । मौलिक हकको कार्यान्वयन सम्वन्धमा प्रदत्त हकको प्रचलनको लागि आवश्यकता अनुशार राज्यले संविधान प्रारम्भ भएको ३ वर्षभित्र कानुनी व्यवस्था गर्नेछ भनि संविधानमा व्यवस्था गरिएको भएता पनि सार्वभौमसत्ता, अखण्डता र सीमानाको सुरक्षा सम्बन्धी विशेष कानुन बन्न सकेको छैन । सुगौली सन्धि पश्चात पनि नेपाल भारत सिमानामा सबै पिलर गाड्न सकिएको अवस्था छैन । नेपालको सिमाना अध्यावधिक गर्न नसकिएको अवस्था छ । भारतले जंगे पिलर आफूखुशी गाड्ने र नेपाली भूमिलाई आफनो भूमि हो भनि दावी गरेको कारणबाट सीमा नक्सालाई निष्कर्षमा पुर्याउन सकिरहेको अवस्था छैन ।

अमेरिकी सेक्यूरीटी फेन्च एम्ट २००६ ले अमेरिका र मेक्सीकाे बीच काँडेतार एवं पर्खाल लगाउने भनिएको छ । त्यसैगरी सीमा सुरक्षाको लागि विशेष कानुन सीमाना सुरक्षा बल ऐन, १९६८ बनाइ भारतले आफनो देशको सम्पूर्ण सीमा सुरक्षा गरेको छ । जसरी भारतीय सीमा सुरक्षा बल –एसएसबी) ले आफ्नो उपयुक्त छुट्टै कानुनका आधारमा सीमा सुरक्षा गरिरहेको छ  । त्यसरी नै नेपालमा पनि विशेष प्रकृतिको सीमा सुरक्षा कानुन आवश्यक छ । सीमा सुरक्षा प्रहरी बल जसले सीमा सुरक्षा, सीमामा हुने अपराधिक गतिविधि, शक्तिको प्रयोग, सीमा प्रहरीद्वारा गरिने र सीमा प्रहरीको परिचालन, नियन्त्रण र कार्यान्वयनको लागि रक्षा मन्त्रालय अन्तर्गत राज्य सीमा सुरक्षा कार्यान्वयन गर्न, एकीकृत सिमाना व्यवस्थापन गर्न सक्षम प्रशासनिक अधिकृतको नियुक्ति हुने गरी कानुन बनाइनुपर्छ । सीमा सरक्षण सम्बन्धी अन्तराष्ट्रिय कानुनको अनुभवबाट नेपालले तत्काल सीमा सुरक्षा र संरक्षण सम्बन्धी कानुन बनाउनु पर्ने आवश्यकता देखिएको छ । राष्ट्रिय झण्डामा सूर्य र चन्द्र अंकित रहेको झण्डाको भाव जबसम्म सूर्य र चन्द्र रहन्छ तब सम्म नेपाल स्वतन्त्र र अखण्ड रहिरहनेछ । हामी स्वाधिन राष्ट्र नेपालका नागरिक हाैं । , त्यसैले हाम्रो जिवन भन्दा पनि प्यारो छ देश नेपाल । (रेग्मी प्रहरी नायव उपरीक्षक हुनुहुन्छ)

प्रतिक्रिया तथा सुझावको लागि [email protected]

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…