जुवातास खेलिरहेका १० जना पक्राउ

मकवानपुर । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । थाहा नगरपालिका–३ डाँडागाउँ बस्ने ३१ वर्षीय सुमन विष्टको होटल सुमन खाजा घरमा तास खेलिरहेका विष्टसहित १० जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले तीन बुक तास, नगद १७ हजार ८ सय ३५ रुपैयाँ र ५ सय ८० भारतीय रुपैयाँ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।