Logo मंसिर २०, २०७७ शनिबार


सेनाद्वारा अन्धाधुन्ध गोली प्रहार, १४ सर्वसाधारणको मृत्यु

कंगो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको दक्षिणी किवु प्रान्तको साँगे शहरमा एक सैनिकले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १४ जना सर्वसाधारणको मृत्यु भएको कङ्गोली प्रहरीले बताएको छ ।

कङ्गोली सैनिक स्रोतका अनुसार सैनिक सिपाहीले स्थानीय एक व्यक्तिको फोन चोर्न खोजेको र उक्त समय स्थानीय केही व्यक्ति अघि आई प्रतिकार गरेपछि झडप भएको थियो ।

आफ्नो सुरक्षाका लागि ती सिपाहीले साथमा रहेको पिस्तोल निकाली अन्धाधुन्ध गोली चलाएको बताइएको छ । घटनामा उक्त वस्तीका १४ स्थानीयहरूको मृत्यु भएको स्थानीय समाचारहरूले उल्लेख गरेका छन् । घटनामा अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।

प्रहरीले मृतकलाई पोष्टमोर्टमका लागि र घाइते सबैलाई उपचारका लागि उद्वार गरी अस्पताल पठाएको जानकारी गराएको छ । यस घटनाका सम्बन्धमा अनुसन्धान शुरू गरिएकाले थप विवरणहरू अनुसन्धानपछि आउने अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टेम्पल माउन्ट सिफ्टिंग प्रोजेक्टमा काम गर्ने पुरातत्वविदको टोलीमा सलंग्न एक ९ वर्षका बालकले तीन हजार वर्ष पुरानो सुनको टुक्रा भेटेका…

भेडाको ऊन कम्मल, राडी, स्विटर बनाउन प्रयोग हुने गरेको छ भने यसको घ्यू औषधिकै रुपमा प्रयोग हुने गरेको छ ।

अहिले टिकटकमा एक मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्न सकिने सेवा रहेको छ ।

केन्द्रीय राजधानी नयाँ दिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन शुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ ।

ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने एसएसपी भट्टराईले बताउनुभयो ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।