Logo माघ १२, २०७७ सोमबार


लेबनानमा शक्तिशाली विस्फोट, ७० जनाको मृत्यु, चार हजार घाइते

काठमाडौं । लेबनानको राजधानी बेरुतस्थित एक गोदाममा बुधबार शक्तिशाली विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ। सयौं घाइते भएका छन्। लेबनानका स्वास्थ्यमन्त्रीले अहिलेसम्म ७० जनाको मृत्यु पुष्टि गरेका छन्। चार हजार बढि मानिस घाइते भएको उनले बताएका छन्। अधिकारीका अनुसार विस्फोटक पदार्थ भण्डारण गरिएको गोदाममा विस्फोट भएको हो। बीबीसी संवाददाताका अनुसार ठूलो मात्रामा मानवीय क्षति भएको छ। शव यत्रतत्र छरिएका छन्। लेबनानी प्रधानमन्त्री असन दिआबले घटना भयावह भएको बताएका छन्। दोषीलाई नछाडिने चेतावनी पनि उनले दिएका छन्।

राष्ट्रपति माइकल इयोनले २७ सय ५० टन विस्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएको भन्दै निन्दा व्यक्त गर्नुभएको छ । उहाँले विस्फोट कसरी भयो भन्ने बारेमा अनुसन्धान थाल्न पनि निर्देशन दिइसक्नुभएको छ । लेबनानाका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन्।

यतिबेला अस्पतालहरू घाइतेले भरिएका छन्। विस्फोटपछि वरपरका भवनहरु ध्वस्त भएका छन् । विस्फोटनको आवाज २४० किलोमिटर पर साइप्रससम्म सुनिएको बताइएको छ । विस्फोट समुन्द्री तटीय क्षेत्रमा भएको छ । समाचारअनुसार त्यस गोदाममा सन् २०१४ देखि नाइट्रेट भण्डारण गरी राखिएको थियो।

विस्फोट कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको राष्ट्रपति माइकल इयोनले जानकारी दिएका छन्। यो विस्फोट सन् २००५ मा लेबनानका पूर्वप्रधान्त्री रफिक हरिरी हत्याकाण्डको अदालतबाट फैसला हुनु ठीकअघि भएको हो। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

ओलीले झापाको दमकमा अर्बाैँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उहाँले आरोप लगाउनुभयो ।

अभियुक्तकाे साथबाट १७ हजार ७ सय रुपैयाँ नगद तथा दुई सेट मोबाईल समेत बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले…

भुसालले भन्नुभयो, ‘पार्टी एकताको पक्षमा हामी सबै रहेकाले पार्टीलाई यो अवस्थासम्म ल्याइ पुर्याउन जजसले भुमिका खेले उनीहरुलाई कारबाही गरेर नेकपालाई…

महालेखा परीक्षकको टोलीले जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहको लेखापरीक्षण सम्पन्न गरेको छ ।

अध्यक्ष नेपालले भन्नुभयाे, ‘केपी ओलीको धुलो छाप पार्टीमा सदस्यहरू गए । ४५ सदस्यीय स्थायी कमिटीमा हामीसँग बहुमत छन् ।'

कोरोनाविरुद्ध अग्रभागमा काम गर्ने पहिचान गरिएका व्यक्तिलाई पहिलो चरणअन्तर्गत खोप दिइन लागेको हो ।