Logo मंसिर १२, २०७७ शुक्रबार


काेराेना संक्रमितद्वारा महिला स्वास्थयकर्मीमाथि दुर्व्यवहार

विद्यानन्द राम
सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितहरुले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटना बाहिरिएको छ । याे घटनासँगै स्वास्थ्यकर्मीहरु आइसोलेसन छाेडेर भागेका छन् ।  बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका साइकृष्णा अस्पताल राजविराजस्थित आइसोलेसनमा रहेका केही बिरामीहरुले अपशब्द प्रयोग गर्दै गालीगलौज गर्न थालेपछि स्वास्थ्यकर्मीहरु भागाभाग भएको हो ।

केही दिनदेखि सुनियोजित ढंगले तनाव सृजना गर्दै आएका केही संक्रमितहरुले गालीगलौजसहित धम्की नै दिन थालेपछि स्वास्थ्यकर्मीहरुलाई सेवा प्रवाह गर्न समस्या भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रञ्जितकुमार झाले बताउनुभएको छ ।

घटना भएसँगै दोषीलाई कारबाही तथा भयमुक्त वातारण सृजना गराइदिनुहुन माग गर्दै अस्पताल प्रशासनले जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको छ भने समस्या समाधानका लागि सुरक्षा अधिकारीसहित सरोकारबालासँग छलफल समेत गरिएको छ । घटनाको पुष्टि गर्दै छलफलमा सहभागी जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्दकुमार ठाकुरले समस्या समाधानका लागि पहल थालिएको जानकारी दिनुएको छ ।

छलफलमा राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादव, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ठाकुर, नेपाली सेनाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव लगायत सरोकारवालाहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…