Logo कार्तिक १२, २०७७ बुधबार


प्रतिबन्धित् नेकपाका केन्द्रीय सदस्य चन्द फेरि पक्राउ

कविता खड्का
भोजपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारिखमा रिहा भए लगतै फेरि पक्राउ परेका छन् ।

हातहतियार तथा सांगठानिक अपराध लगाएत चार ओटा मुद्दामा पक्राउ परेका चन्द जिल्ला अदालत भोजपुरले साठी हजार धरौटीमा रिहा गर्ने फैसला गरेको भएपनि चन्दले धरौटी तिर्न नसकेपछि कारगार चलान गरिएको थियो

सर्वोच्च अदातलमा गैर कानूनी रुपमा कारगार चलान भएको भनी बन्दिप्रत्यक्षीकरणको रिट परेपछि न्यायाधीशहरु दीपक कुमार कार्की र प्रकाशमान सिं राउतको आदेश आएपछि बिना धरौती मंगलबार रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

तर चन्दविरुद्ध संखुवासभा पनि हातहतियार तथा सांगठानिक अपराध सम्बन्धी नै मुद्दा रहेकाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । चन्दलाई साउन १५ गते काभ्रेपलाञ्चोकबाट नियन्त्रण लिएर भोजपुर ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।