Logo आश्विन २, २०७७ शुक्रबार


बलिउड अभिनेत्री कंगना रनावतलाई सरकारी सुरक्षा

काठमाडौं । भारतीय अभिनेत्री कंगना रनावतलाई भारतको केन्द्र सरकारले सरकारी सुरक्षा उपलब्ध गराउने भएको छ ।

तत्काल कंगनाको सुरक्षाका लागि वाइ श्रेणीको सुरक्षा उपलब्ध गराउने निर्णय भएको महाराष्ट्रका गृहमंत्री अनिल देशमुखले पुष्टि गरेका हुन् । गृहमन्त्री देशमुखले कंगनालाई सरकारी सुरक्षा उपलब्ध गराउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाए, “मुंबई र महाराष्ट्रको अपमान गर्ने व्यक्तिलाई सरकारी सुरक्षा उपलब्ध गर्ने सरकारको निर्णयले म आश्चर्यमा परेको छु । यो दुखद कुरा हो ।“

कंगनाले मुंबईको तुलना पाकिस्तानको अधीनमा रहेको कश्मीरसँग गरेकी थिइन् । शिवसेनाका सांसद संजय राउतले कंगनाको यस अभिव्यक्तिमाथि आक्रमक टिप्पणी गरेका थिए । यही विषयलाई लिएर कंगनाले एक भिडियो मार्फत आफूलाई शिवसेनाले धम्की दिएको आरोप लगाएकी थिइन् ।

कस्तो हो वाई श्रेणीको सुरक्षा ?

यो भिआइपीहरुलाई दिइने तेस्रो श्रेणीको सुरक्षा व्यवस्था हो । यसमा ११ जना सुरक्षाकर्मीको घेरा रहन्छ । यस्तै एकदेखि २ जनासम्म कमाण्डो र २ जना पीएसओ समेत रहन्छन् ।

–नवभारत टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।

कमजोर भूसंरचना भएको क्षेत्रमा बसेको बस्तीलाई नै पहिरोले बढी समस्यामा पार्ने गरेको विज्ञहरुको भनाइ छ ।