Logo कार्तिक १५, २०७७ शनिबार


भक्तपुर घटनामा आमा छोराको मृत्यु धारिलो हतियारबाट !

काठमाडौं । भक्तपुरको निकोसेरामा भएको एकै परिवारका तीन जनाको मृत्यु प्रकरणको नयाँ तथ्य सार्वजनिक भएको छ ।

पोष्टमार्टमको प्रारम्भिक रिपोर्टबाट आमा छोराको मृत्यु धारिलो हतियारबाट भएको खुलेको हो ।

महानगरीय अपराध महाशाखाका एक अनुसन्धान अधिकृतका अनुसार मृतकमध्ये दुई जनाको धारिलो हतियारको प्रयोगबाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको हो । तर पोष्टमार्टमको लिखित रिपोर्ट भने आइनसकेकेको उनले बताए ।

गत शुक्रबार साँझ करिव ५ बजेको समयमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरामा ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया श्रीमती सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव भेटिएको थियो ।

जसमध्ये सम्झना र सुशान्तमाथि धारिलो हतियार प्रयोग भएको पोस्टमार्टमको प्रारम्भिक रिपोर्टले देखाएको हो । शनिबार भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजको अस्पतालमा तीन जनाको पोष्टमार्टम गरिएको थियो ।

अस्पतालबाट मौखिक जानकारी आएपनि लिखित रिपोर्ट नआइसकेकाले यहि हो भनेर भन्न सकिने अवस्था नरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताउनुभयो ।

यता प्रहरीको प्रारम्भिक अनुसन्धानले आमा छोराको हत्यापछि सुदीपले आत्महत्या गरेको हुनसक्ने संकेत गरेको छ । यद्यपी यो अहिले अनुसन्धानकै चरणमा रहेकाले प्रहरीले प्रमाणसहित घटनाको तथ्य बाहिर ल्याउन भने सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

करिब २ सातादेखि दुवै अध्यक्षबीच भेटवार्ता समेत नभएको बेला शनिबार दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको  छ । 

देशभर ७१ जनाको भेन्टिलेटर र तीन सय जना संक्रमितको आइसियुमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले कोराेनाका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

सञ्चार विज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौति धेरै भएको बताउनुभयो ।

तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात शुरु भएको बताउनुभयो ।

आफ्नै कमाई अनुसार खर्च गर्ने हो। आफ्नो आर्थिक तागत बमोजित योजना गर्नुपर्छ।