Logo कार्तिक १२, २०७७ बुधबार


सौराहका हात्तीको व्यवस्थापन अबदेखि एकै ठाउँबाट

चितवन । कोरोना महामारी सँगैको लकडाउन र निषेधाज्ञाले हात्तीमार्फत सञ्चालन हुने पर्यटकीय गतिविधि ठप्प भएपछि सौराहका हात्तीको व्यवस्थापन अबदेखि एकै ठाउँबाट गरिने भएको छ । व्यवसायीहरुले हात्तीको व्यवस्थापन सहकारीको अवधारणाबाट गर्न लागेका हुन ।

जिल्लाको सौराहाका पर्यटकीय क्षेत्रहरुमा होटल सञ्चालकहरुले हात्ती मार्फत पर्यटन व्यवसाय पन सञ्चालन गर्दै आएका छन । यहाँ हात्तीको संख्या ७० को हाराहारीमा छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका चितवन र नवलपरासीमा गरेर निजी हात्ती १ सय हाराहारीमा रहेको व्यवसायीको भनाइ छ ।

पछिल्लो समय हात्ती चढेर जंगल सफारी गर्ने पर्यटक नआएपछि हात्ती पाल्न समेत मुस्किल देखिन थालेको छ । भारतबाट भाडामा ल्याइएका १० हात्तीसमेत फिर्ता गरिएको छ । हाल हात्तीको पर्यटकीय व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीका अनुसार हाल व्यवसायीले पालेका हात्तीको बुकिङ गरेर पर्यटकीय गतिविधिमा सहकारीले सहयोग गर्दै आएको छ ।

जसको हात्तीले जति कमायो, त्यति नै व्यवसायीले पाउने गर्दछन् । अब भने सबै हात्तीलाई सहकारीमा राखेर शेयर बाँडफाँट गरिने तिवारीले जानकारी दिनुभयो । त्यसका लागि आवश्यक पर्ने ५ बिघा हाराहारी जग्गा खोजी भइरहेको छ । तिवारीका अनुसार जग्गा पाएसँगै सबै हात्तीलाई एकै ठाउँमा राखेर व्यवस्थापन गरिने छ । हाल व्यक्तिको हात्ती रहेको छ भने अब सहकारीको हुनेछ । सहकारीमा पर्यटन व्यवसायीहरुलाई सदस्य बनाइने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।