Logo कार्तिक १०, २०७७ सोमबार


काठमाडौंका यी मुख्य स्थानमा आज बिहानैदेखि विद्युत् बन्द हुने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज (मंगलबार) बिहान साढे २ घण्टा विद्युत् बन्द गरिने भएको छ। काठमाडौंको रत्नपार्क वितरण केन्द्र र बानेश्वर वितरण केन्द्रअन्तर्गत सिंहदरबारका २ फिडर मर्मत सम्भार गर्नुपर्ने भएकाले अहिले बिहान ७ बजेदेखि साढे ९ बजेसम्म काठमाडौंका मुख्य स्थानमा बिजुली बन्द गरिने भएको हो।

यसअन्तर्गत सिंहदरबारभित्र मन्त्रालय, सिहंदरबार दक्षिण गेट बाहिर न्युरो हस्पिटल, काठमाडौं जिल्ला अदालत, सडक विभाग, सिंहदरबार उत्तरतर्फ, लोकसेवा आयोग, महालेखा नियन्त्रण कार्यालय, सिंहदरबार वैद्यखाना र बानेश्वर वितरण केन्द्रतर्फका सबै स्थानमा विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनामा जनाइको छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

आजको समाज र कानूनी दृष्टिमा हामी सबै बराबर हौं । देश हामी सबैको साझा हो ।

विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।

सरकारले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।