Logo बैशाख २४, २०७८ शुक्रबार


रसुवागढी नाकामा कार्यरत कामदारको कोरोना परीक्षण चीनले गर्ने

काठमाडौं । नेपाल–चीन नाका रसुवागढीमा कार्यरत कामदारको कोरोना परीक्षण चीन सरकारले नै गर्ने भएको छ । रसुवागढी नाकास्थित मितेरी पुलमा दुई देशका अधिकारीबीच बुधबार भएको बैठकमा चिनियाँ पक्षले नाकामा खटिएका कामदारको कोरोना परीक्षण गर्न सहमति जनाएको हो ।

नेपालतर्फ कोरोना परीक्षणको रिपोर्ट ढिलो आउने भएपछि नाकामा काम गर्ने चालक तथा कामदारको कोरोना परीक्षण चीन सरकारले नै गरिदिने भएको हो । ‘बैठकमा पीसीआर परीक्षण १४ दिनभन्दा अघि गर्न सक्दैनौँ भन्दा नाकामा खटिने लेबर र चालकको पीसीआर परीक्षण चीन आफैँले गर्छौँ भनेका छन्, हामीले पनि अनुमति दिएका छौँ’, रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।

नाकामा खटिएकाको कोरोना परीक्षणका लागि असोज १७ गते शनिबार चिनियाँ पक्ष रसुवागढी नाकामा आउने उहाँले बताउनुभयो । चीनले रसुवागढी नाका एकतर्फी रूपमा सञ्चालनमा ल्याएदेखि १७ जना चालक र ३२ जना कामदार गरी ४९ जना नाकामा खटिएका छन् ।

यस्तै चीनतर्फ गएको पहिरोका कारण चार दिनदेखि बन्द रहेको रसुवागढी नाका बिहीबार पुनः एकतर्फी रूपमा सञ्चालनमा आएको छ । पहिरो हटाएसँगै बिहीबार चिनियाँ एउटा कन्टेनरमा रेडिमेट सामग्री नेपाल भित्रिएको छ भने व्यवसायीले ल्याएको १४ वटा माइक्रो गाडीसमेत नेपाल भित्रिएको भन्सार प्रमुख खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

एमाले नेतासहित देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई देउवाले विश्वासको मत नदिने जवाफ दिइसकेका छन् ।

शुक्रवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३२ लाख ६८ हजार ८८० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

हाल देशका पहाडी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

विदेशको कामबन्नेछ । ठुला बडाको साथ मिल्नेछ । परोपकारमा ध्यान जानेछ ।

उडान रोकिएपछि विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने अनुपात पनि बढेको छ ।

सरकारले कोभिडको उपचारका लागि स्वीकृत दिएका निजी अस्पतालले चर्को शुल्क लिन थालेपछि सर्वसाधरण संक्रमितको चाप सरकारी अस्पतालमा बढेको छ ।