Logo कार्तिक ११, २०७७ मंगलबार


कथा : नयाँ जुत्ता

–गीता ज्ञावली

ऊ यस्तै बाह्र तेह्र बर्षको हुँदो हो । जेठो छोरो र मुनिका भाइहरु दुई जना । ऊ धेरै मोटो र मेरो गाला पुक्क उठेको हुनाले मलाई सबै ‘गोफ्ले’ भन्ने गर्छन् । हुन त उसको नाम अभिनव थियो । भाइहरु सानै भएकाले तिनिहरुको रेखदेख उसैले गर्नु पथ्र्यो । बा रातदिन भट्टिमा हुन्थे र राती आएर आमालाई कुट्ने गर्थे ।

“तँ अझै मेरो घरमा किन? तँलाई मैले बिहानै भनेको होइन, म घरमा आउँदा फेरि देख्नु नपरोस् । ” तै पनि छोराहरुको लागि उनी कुटाइपिटाइ खाएर पनि सहेर बसेकी थिइन् । बा केही काम गर्दैन थे, रक्सी खाने, भट्टिमा तास खेल्ने र रातीमात्र घर आउने गर्थे । घरपरिवारको बारेमा केही चासो थिएन ।

बालबच्चा भोकाएको, नाङ्को भएको, विमार भएको केही मतलब थिएन । घरमा भएको अन्नपात र गोठका गाईबाख्रा समेत लगेर जुवामा दाउ लगाउन पछि पर्दैनथे । आमाले मेलापात, दुःख जेलो गरेर छोराहरुलाई हेर्थिन् । ऊ पनि आमालाई सघाउँथे । यस्तै प्रकृया चलिरहेको थियो ।

आफ्ना साथीभाई पढ्न जाँदा गोफ्लेलाई पनि पढ्ने रहर जाग्छ । ऊ घरमा आमासँग कुरा गर्ने विचार गर्छ ।

“आमा ! मलाई पढ्न मन छ । म पढ्न चाहन्छु । आमा म पढ्न चाहन्छु ! ”

“कसरी पढ्छस् त बाबु ? मैले त जेनतेन गर्दा पनि खर्च जुटाउन गाह्रो परिरहेको छ । पढ्न त धेरै खर्च लाग्ला नि हैन ? कसोगरी जुटाउँला र खै ?”

“अब को दशैमा त्यो रातो खसी बेच्नु पर्छ । आमा ! दशैंको लुगा पनि किन्नु पर्छ अनि पढाइको लागि खर्च हुन्छ ।”

“हुन त हुन्थ्यो नि बाबु, कस्ले किन्ला र ? फेरि बा ले के भन्ने हुन् ? उनलाई रक्सी र जुवा बाहेक केही चाहिदैन । भोलि बेचेर खाइस् खै पैसा भन्न बेर छैन । ”

“जे सुकै होस् आमा ! म पढ्न जान्छु जान्छु । मलाई मास्टरसाबले पढ्न आउनु भन्नु भा’छ । मैले राम्रोसँग पढ्ने भए धेरै पैसा नलाग्ने कुरा बताउनु भएको छ मास्टरसाब ले ।”
“मैले के गर्न सकुँला र ? तैपनि तैंले पढ्छस् भन्छस् भने ठिकै छ । म मास्टरलाई भनुँला ।”

पुतलीले मास्टरलाई भेट्छे, छोराको पढाईको विषयमा कुरा गर्छे । मास्टरले शुरुमा पैसा लाग्ने र पछि उसको पढाइको स्थिति हेरेर राम्रो ग¥यो भने छुट हुनसक्ने कुरा गरे । पढाए पछि तिनैवटा छोरालाई पढाउनु पर्छ । अब कसो गर्ने कान्छो त अझै उमेर हुँदैछ माइलो भने स्कुल जाने भईसक्यो । दुईदुईवटा छोरालाई स्कुल हाल्न सकुँला र सर ?

“स्कुल पठाउँनुस् न सके जति म सहयोग गरुँला । ”

पुतली मनमा धेरै कुराहरु सोच्दै आउँछे, उसका मनमा कुराहरु खेलिरहेका हुन्छन् । आफ्ना माइती अलि दह्रा भए पनि साथ सहयोग दिन्थे होला, आफू त टुहुरी परियो कोसँग भन्ने ? छोरो पढ्छु भन्छ, बाउलाई जाँड खान पुग्दैन, म के गरौं प्रभु लौ जे गर्नु गर ! तिमै्र शिर भर !

गोफ्लेले आमाको अनुहार मलिन देख्छ, र सोध्छ ,“ आमा ! के भो, किन अध्यारो मुख ? भन न ।”

“मास्टरले त शुरुशुरुमा त पैसा लाग्छ भने बाबु, के गरुँ मैले । अहिले त पैसा पनि छैन, छाकटार्न पनि धौ धौ छ, कसरी पढ्न सकिएला र बाबु ?”

“त्यसो हो भने, नआत्तेऊ आमा ! म काम गर्छु । कम्तिमा मलाई नभएपनि भाइहरुलाई त पढाउनु पर्छ है !”

“सोंचौला !”

“बरु म काम गरेर तिमीलाई सघाउँछु आमा ! बा को हालत त्यही हो ।”

गोफ्ले गाईबाख्रा लिएर जंगल तिर लाग्छ । पुतली ईटाभट्टा तिर ।

साँझ सबै जम्मा हुन्छन् । गोफ्लेले आमालाई सोध्छ, “आमा मास्टरलाई कुरा ग¥यौ त?”

“आज मास्टरलाई कुरा गर्न नै भ्याइन, नआत्ते न भोलि कुरा गर्छु । जा बरु गाई बाख्रालाई घाँस हालेर आइज, म ढिंडो ओडाल्छु । ”

गोफ्ले गोठतिर जान्छ । खोरमा थुनेको ठूलो राते खसी छैन ।

“कहाँ गो त खै ? ”चारै तिर खोज्छन् कतै पनि फेला नपरेपछि छरछिमेकलाई सोध्न पुग्छे पुतली ।

“काका मेरो राते खसी देख्नु भो त?”

“भर्खर हर्केले डो¥याउँदै तल झर्दै थियो त ?”

“कता तर्फ ?”

“जुवा खाल तर्फ होला नि ! तेतै झरेको देख्थेँ । ”

पुतली दौडँदै जुवाखाल तर्फ लाग्छे ।

नभन्दै हर्के खसीलाई दाउमा राख्दै थियो ।

“यो के गरेको ? यो खसी म दिन्न । घरको काम केही गर्ने हैन, खर्चमा केही सघाउने हैन !”

“के रे ? म दिन्न रे ?”

“तँलाई कसले सोधेको छ र ?”

हर्केले पुतलीलाई जुवाखालमै नराम्ररी पिट्छ । पुतली रुँदै रित्तै घर फर्कन्छे ।

हर्केले खसीलाई जुवामा हार्छ ।

खसी जुवामा हारेपछि हर्के त्यो रात हर्के घर आउँदैन । उसले सधैं रक्सी खाने ठाउँकी भट्टिकी भुन्टिसँग उसको प्रेम बसेको हुन्छ । उसले भुन्टिसँग पुतलीलाई मन नपराउने र भुन्टिसँग बिहे गर्न चाहेको कुरा सुनाउँछ । भुन्टिले पत्याउँदिन र केही बोल्दिन । हर्केले पुतलीलाई चरित्रमा दोष लगाउँछ । उसले जे जस्ता कुरा गरेर फकाएर हुन्छ भुन्टिलाई मनाएर नै छोड्छ ।

भुन्टि र हर्के भोलि भेट्ने गरी विदा हुन्छन् ।

हर्के घर आउँछ ।

हर्केले मास्टरजीलाई घरमा गोफ्लेको पढाइको विषयमा कुरा गरेको देखेर हर्के गर्जिन्छ ।

“के कुरा गर्छौ मास्टर ? पर्दैन पढाइसढाइ !” हर्के बोल्दै भित्र छि¥यो र के पढ्ने कुरा गरेको ? काम कस्ले गर्छ ? भन्दै हर्केले गोफ्लेलाई पिट्छ । अनि पुतलीलाई पनि हात उठाउँछ, के गर्न खोजेको हँ तैंले छोरो बिगार्ने भईस् । गाईबाख्रा कसले चराउँछ ?

“बा ! म लाई पढ्न मन छ । म पढ्न चाहन्छु गाई बाख्रा त साँझ बिहान चराइहाल्छु नि !”

“चराउँछस् नबोल् । ”

“गोफ्लेलाई पढ्न दिऊँ न त ? पढ्न मन गरेको छ ।”

“तँ बढी नबोल् । आजभोलि तेरो मुख ज्यादा चल्न थालेको छ । बक्बक ् नगर् भोकलाग्यो भात ले !”

“पाकेको छैन !”

“किन छैन ? मलाई नराखेर एक्लै खाइस्?” त्यतिकै पुतलीलाई पिट्न थाल्छ ।

पुतली रुन थाल्छे ।

गोफ्लेले आमालाई फकाउन थाल्छ, नरोऊ आमा म काम गर्छु ।

हर्केले घरका भाँडा फाल्दै कराउँछ । यो आइमाइ हुँदा सम्म मलाई सुख नहुने भो, तँलाई अब म यो घरमा बस्न दिन्न बुझिस् ।
पुतली रुन्छे ।

“अझै नाटक गर्छेस् ?”

हर्के घरबाट निस्किन्छ ? पख् तँलाई अब म के गर्छु !

हर्के भट्टिमा भुन्टिलाई भेट्न पुग्छ र घरमा भएका कुरा सुनाउँदै भन्छ, अब त हदै गरी त्यसले अब आफू खाएर मलाई खाना नराखीबस्न थाली, त्यसलाई घरबाट निकाल्नु पर्छ । हिँड् भुन्टि म तँ विना बाँच्न नसक्ने भईसकेँ । भुन्टिलाई अङ्गमाल गर्छ । भुन्टि मुस्कुराउँछे ।

उनीहरुबीच अब छिट्टै विहे गर्ने कुरा हुन्छ ।

पुतली नजिकैको इट्टा भट्टामा काम गर्छे र साँझ आउँदा एकामाना पिठो लिएर आउँछे ।

“आमा भोक लाग्यो ।”

“ पर्खि गुन्द्रुक उमाल्छु र ढिंडो ओडाल्छु । ”

गोफ्ले ढिंडो गुन्द्रुक खान्छ ।

हर्के मात्तिएको अवस्थामा घर आइपुग्छ भन्छ, “तैंले कामबाट ल्याएको पैसा खै ?”

“छैन । ”

“झूटो बोल्छेस् ?”

“कहाँ राखेकी छेस् ?”

“ल्याएकै छैन । ”

“ए ! ए त्यसो पो ?”

हर्के सिधैं भुन्टिको घरमा पुग्छ र सिधै उसलाई लिएर घर आउँछ ।

“को हो ? किन ल्याएको ?”

“तँलाई के मतलब ?”

“तँ निस्किहाल अब यो घरबाट ”

“किन जाने म जान्न !”

“ए ! अझ जान्न भन्छेस् ?”

“तँ मेरो फाटेको जुत्ता बुझिस् ? ”

पुतली रुँदै घरबाट निस्कन्छे ।

पुतलीलाई दुव्र्यवहार गरेको देखेर भुन्टी पनि निस्कन्छे र भन्छे ,

“ए ! तँैले मलाई चाँहि नयाँ जुत्ता भन्ठानेको ? तँलाई जँड्याहा ! तँलाई जुवाडे ! म तँजस्तो सँग बस्छु भन्ठानेको ?”

भुन्टि फर्केर गई ।

एकछिन त हर्के केही बोलेन तर अब भुन्टिले पनि छाडेर गएपछि हर्के आफ्नो गल्ती महशुस ग¥यो र गोफ्ले र पुतलीसँगै बस्ने विचार गर्छ ।

“पुतली मैले तँलाई धेरै दुःख दिएँ । मलाई माफ गर्दे है ! अब म रक्सी पनि खान्न र तँलाई पिट्दा पनि पिट्दिन ।” पुतली केही बोलिन ।

गोफ्ले बाबा भन्दै झम्टिन गयो । सबै जना खुसीसाथ रहन थाले ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स