Logo कार्तिक १४, २०७७ शुक्रबार


विपद् न्यूनिकरणसम्बन्धी जनचेतनामुलक दाेहाेरी (भिडियाेसहित)

काठमाडाैं । जनता टेलिभिजनद्वारा सञ्चालित ‘लोकमाला’ कार्यक्रममा विपद् न्यूनिकरण सम्बन्धी लोकदोहोरी प्रस्तुत गरिएको छ । विपद् जोखिम न्यूनिकरण अन्तराष्ट्रिय दिवसको अवसरमा कार्यक्रममा विपद् न्यूनिकरण सम्बन्धी जनचेतनामुलक दोहोरी गाइएको हो ।

विपद जोखिम न्यूनिकरण गर्ने बारे, विपदको समयमा ध्यान दिनुपर्ने कुरा, पूर्व तयारीका विषय, सचेतना वृद्धि गर्ने लगायतका विषयमा आमजनतामा चेतना अभिवृद्धि गर्ने उद्देश्यले यस सम्बन्धी दाेहाेरी गाइएकाे हाे । दोहोरी बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि सुचनाको एउटा गतिलो हतियार भएकाले पनि यो प्रभावकारी हुने प्रकोप पूर्व तयारी संजाल (डिपोनेट नेपाल ) का अध्यक्ष सूर्य बहादुर थापाले बताउनुभएको छ ।

दोहोरी कार्यक्रममा अतिथिका रुपमा अध्यक्ष थापासँगै राष्ट्रिय प्रकोप व्यवस्थापन संजालका महासचिव विष्णु प्रसाद तिमिल्सिना र डिपोनेटकी कार्यक्रम संयोजक लुना खड्का उपस्थित हुनुहुन्छ ।

यस दोहोरीमा लोकदोहोरी गायक प्रदिप रोक्का र गायीका टिका सानुलाई राजेन्द्र पाठक, धनमाया नेपाली, प्रशन्न पाठक, शरु अधिकारीलगायतका गायकगायीकाले साथ दिनुभएको छ । ‘लोकमाला’ कार्यक्रमण जनता टेलिभिजनमा चर्चित गायीका शोभा त्रिपाठीका साथमा प्रत्यके दिन दिउँसो १ बजे प्रशारण हुने गर्छ ।
भिडियो:

 

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।