Logo बैशाख ५, २०७८ आइतबार


झडपमा परी अफगानिस्तानमा सात सैनिक सहित १२ को मृत्यु

अफगानिस्तान । राज्यको उत्तरी प्रान्त कुन्दुजको सहिब जिल्लामा भएको झडपमा १२ जनाको मृत्यु भएको छ । शनिबार राति अफगानिस्तानको सुरक्षा अधिकारी र तालिबानी लडाकुहरूबीच भएको झडपमा सात सैनिक र पाँच तालिबान मारिएका एक स्थानीय अधिकारीले आइतबार पुष्टि गरेका हुन् ।

कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा भएको झडपमा सैनिक मारिएका अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार सो क्षेत्रमा रहेको सुरक्षा जाँच चौकीमा ठूलो संख्यामा आएका लडाकुले हातहतियारले आक्रमण गरेपछि भिडन्त भएको थियो । भिडन्तमै ती सैनिक मारिएका हुन् । त्यसैगरी झडपमा केही सैनिक घाइते भएको बताइएको छ ।

जिल्लामा केही दिनयतादेखि तालिबानी लडाकुहरूले निरन्तर आक्रमण गर्दै आएका छन् ।
उता कतारको दोहामा अफगान सरकार र तालिबानीबीच शान्तिवार्ता जारी छ । तैपनि तालिबानीले आक्रमण गर्न छोडेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।