Logo मंसिर ९, २०७७ मंगलबार


‘संक्रमितकाे उपचार सम्बन्धी सरकारकाे निर्णय संबिधान विपरित’

काठमाडौं । कोरोना संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुुपर्ने कांग्रेस नेताहरुले बताएका छन् ।
नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय संविधान विपरित भएको टिप्पणी गर्नुभएको हाे ।

नेता सिंहले संविधानले ज्ञारेन्टी गरे अनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएको समेत बताउनुभयो । काेराेना  संक्रमण अत्याधिक बढ्दै गएको अवस्थामा सरकार पछाडि हटेर आफ्नो उपचार आफै गर्न भन्नु गैह्रजिम्मेवारपूर्ण कदम भएको पनि उहाँले बताउनुभयो ।

मंगलबार राजधानीमा भएकाे कुराकानीका क्रममा नेता सिंहले सरकार कोरोना संक्रमण रोकथाम र नागरिकको जीउने अधिकारको विषयलाई बेवास्ता गर्दै गैह्रजिम्मेवार रुपमा प्रस्तुत भएको बताउनुभयाे । यस्तो निर्णय तुरुन्त फिर्ता गरी कोरोना संक्रमणको स्थितिलाई तत्काल नियन्त्रण गर्न र नागरिकको उपचारको व्यवस्था मिलाउन समेत उहाँले माग गर्नुभयो ।

यस्तै कांग्रेस सह–महामन्त्री प्रकाशसरण महतले संविधानले दिएको आधारभुत स्वास्थ्यको अधिकार विपरित सरकारले निर्णय गरेको बताउनुभयो । जिम्मेवारीबाट पन्छिने गरी आएको सरकारको निर्णय खेदजनक भएको पनि उहाँले बताउनुभयो । त्यसैले कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडकमार्फत समेत विरोध गर्ने बताउनुभयो ।

सरकारमा बस्नेहरुले राज्यकोषलाई आफूखुशी खर्च गर्न हुने तर जनताको आधारभुत आवश्यकता पूर्ति गर्नेतर्फ साधन स्रोत भएन भनेर पन्छिनु गैह्रजिम्मेवारपूर्ण कदम भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।