Logo असार १, २०७८ मंगलबार


केराउ तस्करले कैलालीमा दुई प्रहरीको हत्या गरेको खुलासा,७ जना सार्वजनिक

काठमाडौं । केराउ तस्करी गर्ने समूहले कैलालीमा नेपाल प्रहरीका असई गोविन्द विक र जवान रामबहादुर साउँदको हत्या गरेको खुलासा भएको छ ।

हत्यामा संलग्न आरोपमा पक्राउ परेका सात जनालाई प्रहरीले मंगलवार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेकाहरुमा धनगढी उप–महानगरपालिका १० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल राना रहेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नं. १२ को जुगेडा अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक विक र जवानको गत शनिबार राति हत्या भएको थियो । नेपाल–भारत सीमाको मोहना नदी नजिकै उनीहरू दुवैलाई तस्करले राति करिब ११ बजे हत्या गरेका थिए ।

हत्या गरिएकामध्ये असई विकको हिजो र जवान साउदको आज मोहनानदीमा शव भेटिएको छ । उनीहरू दुबैलाई हत्यापछि नदीभित्रै फालिएको प्रहरी अनुसन्धानले देखाएको छ । जवान विकलाई भने नदीभित्र गाडिएको अवस्थामा प्रहरीले आज फेला पारेको हो ।

नेपालबाट भारततर्फ केराउ लैजाँदै गरेको गाडा नियन्त्रण गर्ने क्रममा तस्करहरूले लाठी, फरुवा र उखु काट्ने खुर्पी प्रहार गरी उनिहरुको हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…