Logo मंसिर १०, २०७७ बुधबार


हैदरावादमाथि पञ्जावकाे १२ रनको रोमाञ्चक जीत

काठमाडाैं । इन्डिन प्रिमियर लिगमा किंग्स ११ पञ्जावले हैदरावादमाथि १२ रनको रोमाञ्चक जीत निकालेको छ ।
जीतसँगै पञ्जावले प्लेअफको यात्रा कायमै राखेको छ भने हैदरावाद शीर्ष चारको यात्राबाट बाहिरीएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रन बनायो । पहिलो विकेटका लागि मन्दीप सिंह र कप्तान केएल राहुलले ३७ रनको साझेदारी गरेका थिए । मन्दीप सिंह १४ बलमा १७ रन बनाएर आउट भएका हुन् । म्याक्सवेलले व्यक्तिगत १२ रन बनाएर आउट भएका हुन् ।

अन्तिमसम्म क्रिजमा रहेका निकोलस पुरनले ३२ रनको योगदान गरे । जवाफमा हैदरावादले निर्धारीत १९ ओभर ५ बलमा एक सय १४ रनमा अलआउट भएको हो । बलियो सुरुवात गरेको हैदरावादले ५६ रनमा पहिलो विकेट गुमाएको थियो । उसका कप्तान डेविड वार्नर ३५ रनमा आउट भएका हुन् ।

त्यसपछि अर्का ओपनर जोनी ब्रेस्टोपनि १९ रनमा पेभेलियन फर्किएपछि हैदरावादले ५८ रनमा दोस्रो विकेट खेर फाल्यो । अन्तिम ओभरमा हैदरावादले लगातार दुई विकेट गुमाउँदा हार व्योहोरेके हो । जीतसँगै पञ्जावको ११ खेलमा १० अङ्क भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…