Logo बैशाख ३१, २०७८ शुक्रबार


नेकपाका नेता पूर्व सभासद मानपुर चौधरीको निधन

सप्तरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मानपुर चौधरीको निधन भएको छ ।

पूर्व संविधान सभा सदस्य समेत रहनुभएका चौधरीको आज मृत्यु भएको हो । चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो ।

सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उहाँको कोरोना परीक्षण पोजेटिभ रिपोर्ट आएको थियो ।

ज्वरोबाट पीडित ५५ बर्षीय चौधरीलाई सास फेर्न गाह्रो भएपछि गत कात्तिक २ गते राति थप उपचारका लागि धरान लगिएको थियो । सोही दिन उहाँको स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

पोजेटिभ आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारकै क्रममा उहाँको निधन भएको कंचनरुप नगरपालिकाका मेयर बसन्त कुमार मिश्रले जानकारी दिनुभयो ।

कंचनरुप नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक डम्बर गुप्ताका अनुसार चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित हुनुहुन्थ्यो ।

यसैबीच संविधानसभा तथा नेकपाका २ नम्बर प्रदेश कमिटी सदस्य ६९ वर्षीय चौधरीको निधनप्रति नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले दुख व्यक्ति गर्नुभएको छ । दाहालले सामाजिक सञ्जाल ट्वीटर मार्फत विगत लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा संक्रिय चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…