Logo बैशाख २, २०७८ बिहीबार


हिरासतमा मोबाइल चलाउँदा पत्रकार गोस्वामीलाई जेल

एजेन्सी । भारतीय पत्रकार अर्नव गोस्वामीले हिरासतमा मोबाइल चलाएपछि जेल पठाइएको छ । देह त्याग गर्न बाध्य बनाएको अभियोगमा उनलाई कात्तिक १९ गते उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो । रिपब्लिक टिभीका संस्थापक एवं प्रधानसम्पादक उनलाई क्वारेन्टाइनबाट जेल पठाइएको हो।

न्यायिक हिरासतमा लिइएपछि अलिबागको एक क्वारेन्टाइन केन्द्रमा राखिएको गोस्वामीले त्यहाँ मोबाइल फोन चलाएको पाइएपछि तलोजा जेल पठाइएको हो। अन्य व्यक्तिको मोबाइलबाट सामाजिक सञ्जालमा सक्रिय भएको प्रहरीले दाबी गरेको छ ।

तलोजा जेल लाँदैगर्दा अर्नबले अलिबागका जेलरले शनिबार साँझ आफूमाथि कुटपिट गरेको आरोप समेत लगाएका छन् । यस्तै आफ्ना वकिलसँग पनि कुरा गर्न नदिएको उनको आरोप छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।