Logo बैशाख २, २०७८ बिहीबार


पार्टीको सचिवालय बैठक नबोलाउने प्रधानमन्त्री ओलीको संकेत

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक नबोलाउने संकेत गर्नुभएको छ ।

बुधवार संखुवासभामा पुग्नुभएका प्रधानमन्त्री ओलीले आफू पार्टी अध्यक्ष र जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले निडर भएर अगाडि बढ्ने बताउनुभएको हो । उहाँले पार्टीभित्र बढेको विवादप्रति लक्षित गरि कार्यकर्ताहरूलाई नआत्ति अगाडि बढ्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो दल ५० वर्ष अगाडिदेखि सानासाना टुक्राटुक्रा जोडेर निर्माण गरिएको हुँदा कोही–कसैको चाहनाले नेकपा विभाजन नहुने बताउनुभयो । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।

पार्टीभित्र बढेको विवाद सम्बोधन गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय बोलाउन माग गर्दै आएको छ । आफूहरुको माग प्रधानमन्त्री ओलीले पटक पटक टाल्दै आउनुभएपछि मंगलवार बसेको बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठकले सहमतिका लागि प्रधानमन्त्री ओलीलाई पुनः २ दिनको समय दिएको छ ।

विहीवारसम्म पनि प्रधानमन्त्री सकरात्मक नदेखिए सचिवालय बैठक बोलाउने अनौपचारिक बैठकले निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…