Logo बैशाख ६, २०७८ सोमबार


बागमती सरकारले सिन्धुलीमा ड्रागन फ्रूटको खेती गर्ने

रविन्द्र भट्टराई
सिन्धुली । बागमती प्रदेश सरकारले सिन्धुलीको हरिहरपुर गढी गाउँपालिकामा ड्रागन फ्रूटको खेती गर्ने भएकाे छ । सिन्धुलीको दुधौली नगरपालिका पुग्नुभएका भूमि व्यवस्थापन तथा कृषि सहकारी मन्त्री दावादोर्जे लामाले डेरी उद्घाटन गर्ने क्रममा ड्रागन फ्रूटकाे खेती गर्ने बताउनुभएको हो ।

मन्त्री लामाले दूध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप दूध बिक्री गर्दा प्रति लिटर २ रुपैयाँका दरले अनुदान दिने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयाे । उहाँले उक्त अनुदान रकम गाईभैसी पाल्ने कृषकको घरघरमा पुग्ने विश्वास दिलाउनुभयो ।

भूमि व्यवस्थापन तथा कृषि सहकारी मन्त्री लामाले कृषि क्षेत्रबाट कृषकहरु पलायन हुने अवस्थामा प्रदेश सरकारले हरिहरपुरमा ड्रागन फ्रुटको खेती गर्ने बताउनुभएको हो । ‘हामीले स्थलको अवलोकन समेत गरेका छौँ ‘, मन्त्री लामाले भन्नुभयो, ‘प्रदेश सरकारले यसका लागि बजेट विनियोजन गरिसकेको छ ।’

लामाले कृषकले उत्पादन गर्ने र बजार नपाउने भन्ने समस्याको समाधान गर्ने कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्दै कृषकलाई उत्पादन तर्फ समय खर्चिन सुझाव पनि दिनुभयाे ।

दुधौली नगरपालिका र यूएनडीपीको सहयोग र सहकार्य नेपालको साझेदारीमा त्रिशत्ती बहुउद्देश्य कृृषि सहकारी सस्थाले त्रिशक्ती डेरी उद्योगको स्थापना गरेको हो । डेरी उद्योग स्थापनासगैँ दुधौलीका किसानले उत्पादन गरेकाे दूध खेर नजाने विश्वास स्थानीयले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…