Logo मंसिर २०, २०७७ शनिबार


गजल

-लेख कार्की

न गाँस आउँछ न बास आउँछ न त कपास आउँछ
यो बस्तीमा कि त आगो, कि त बतास आउँछ ।

कसले भन्यो गरिबको देश ? को छ गरिब ? हेप्ने ?
हिंड्दै जानुस् चोकैपिच्छे मन्त्रीनिवास आउँछ ।

हजुर भन्नुहुन्छ विकास ल्याउँछु म, भोट् दिनुस्
हामी भन्छौं हजुर हारे मात्र विकास आउँछ ।

शरावी हुँ पिउनै भा’ नि मञ्जुर छ काम तिम्रो
दिनभरी काम गर्दा साँझ कति गिलास आउँछ ?

यादहरु हुन् वियोगका पुल र त जोडिरहन्छन्
हरेक प्रहर तिमीसँगै भ’को आभास आउँछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।