Logo बैशाख ६, २०७८ सोमबार


त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा पढाइ शुरू हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कूलहरूमा नियमित पठनपाठन शुरु गरिने भएको छ । नोवेल कोरोना भाइरसका कारण रोकिएको पढाइलाई त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले निरन्तरता दिने निर्णय गरेको रेक्टर प्राडा शिवलाल भुसालले जानकारी दिनुभयो ।

स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय भएको छ’ प्राडा भुसालले भन्नुभयो, ‘कोरोनाबाट जोगिँदै पढाइलाई निरन्तरता दिन खोजेका हौं ।’

भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्नुपर्ने आवश्यता अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ सञ्चालन गर्न लागेको प्राडा भुसालकाे भनाइ छ । यद्यपि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविद्वारा मंगलबार जारी सूचनामा जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।