Logo बैशाख २, २०७८ बिहीबार


इलाममा अरनिकोकाे शालिक अनावरण, काे हुन् अरनिकाे ?

भगीरथ भण्डारी
इलाम । सुप्रसिद्ध कलाकार तथा नेपालका राष्ट्रिय विभूति अरनिकोकाे शालिक अनावरण गरिएको छ । इलाम नगरपालिका-७ मा रहेको अरनिको संग्रहालयको प्राङ्गन निर्माण गरिएको शालिक अनावरण गरिएको हो ।

शालिक अनावरण गर्दे इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले हाम्रा विभुतिहरु राष्ट्रनिर्माणको क्रममा महत्वपूर्ण आधार रहेको हुँदा उनीहरुलाई सम्मान नगरे राष्ट्र कमजोर बन्ने र राष्ट्रको एकता संकटमा पनि पर्न सक्ने बताए ।

‘अरनिकोले राष्ट्रमा मात्र होईन राष्ट्रको गरिमालाई उपल्लो दर्जामा पुर्याउनका लागि पनि अरनिको प्रेरणाको स्रोत बनेको बस्नेतको भनाइ छ ।’ उनले थप नेपाल र चीनको सम्बन्ध अहिले पनि ती सम्बन्ध हाम्रा लागि अत्यन्त महत्वपूर्ण रहेको र त्यही कारण इनपाले शालिक निर्माण गरेको बताए ।’ इलाम नगरपालिका-७ का वडाध्यक्ष नरेश श्रेष्ठले सुन्दर बनाउने अभियानमा वडामा कला सँस्कृति झलकाउने उदेश्यले शालिक निमार्ण गरेको र यसले पर्यटक आकर्षण गर्ने बताए । इलाममा अरनिको संग्रहालय पनि सञ्चालनमा छ ।

को हुन् अरनिको ?
अरनिको प्यागोडा शैलीको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन् । राजा अनन्त: मल्लकै पालामा १३औं शताब्दीमा चीन पुगेका उनले नेपाली शैलीको कलाशिल्पी फैलाएको मानिन्छ । उनले निर्माण गरेको स्वेत चैत्य चीनको बेइजिङमा अहिले पनि पर्यटकको आकर्षणको रूपमा रहेको छ ।

अरनिकोले नेपाली वास्तुकला र नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम गरेका थिए । उनले तिब्बत र चीनमा सुनको जलप भएका अनेकौँ रंगले रङ्गिएका मूर्ति बनाउने, पुराना मूर्तिको जीर्णोद्वार गर्ने काममा अत्यन्त कुशलता पूर्वक हात हालेर सुन र पारोटको रासायनिक गुणको ज्ञान र तथ्यतालाई प्रमाणित गरेर गएको देखिन्छ । यिनले चीनमा प्यागोडा शैलीमा भव्य श्वेत प्यागोडाको निर्माण गरेका थिए ।

यूरोपतिर औद्योगिक क्रान्ति हुनुभन्दा अगावै करिब ७ सय वर्षअगाडि नेपालका प्राचीन धातुकर्मी र मूर्तिकारहरूले वास्तुकला र मूर्ति निर्माणमा अनेकौँ रासायनिक विधिको उच्चतम् प्राविधिक ज्ञान हासिल गरिसकेका थिए । उनको वास्तविक् नाम बलबाहु भएपनि अरनिको नामले विश्व प्रसिद्ध भए । अरनिको कलाकार मात्रै थिएनन् उनी मूर्तिकार र वैज्ञानिक पनि थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।