माई नगरपालिकाद्वारा अपांगता भएका व्यक्तिको स्वास्थ्य बीमा

भगीरथ भण्डारी
इलाम । माई नगरपालिकाले नगरभित्रका अपांगता भएका व्यक्तिको स्वास्थ्य बीमा गर्न थालेको छ । हेरचाहका लागि उत्प्रेरणा कार्यक्रमअन्तर्गत अपांगता भएका व्यक्तिको स्वास्थ्य बीमा गर्न थालेको हो ।
अपांगता भएका व्यक्ति र उनका संरक्षकसहित परिवारका पाँच जनाको बीमा गरेवापत परिवारले पाँच सय रुपैयाँ र नगरपालिकाले ३ हजार रुपैयाँको साझेदारीमा यस आर्थिक वर्षमा चार सय परिवारलाई बीमा गराउन नगरपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरेको माई नगरपालिकाका प्रशासन प्रमुख नविन पौडेलले जानकारी दिनुभयो ।
माई नगरपालिका भित्रका दर्ता सहयोगी, समुदायमा आधारित पुनस्र्थापना सहजकर्ता (सिबिआरएफ) र सरोकारवाला व्यक्ति गरी १८ जनालाई अभिमूखिकरण तालिम दिइएको छ ।