साउदीमा १५ सय नेपाली अलपत्र

काठमाडौं । बहिर्गमन भिसा नपाएका १५ सय नेपाली श्रमिक घर फर्कन नपाएर साउदीमा अलपत्र परेका छन् । विभिन्न कम्पनीमा कार्यरत कर्मचारीमध्ये आधा कम्पनीबाट भागेका हुन् ।
घर फर्किन नपाएकाहरुको उजुरी बढ्न थालेपछि एक्जिट (बहिर्गमन) भिसा व्यवस्थापन गनै नेपाली दूवावासले साउदी अध्यागमनमा सूची पेस गरेको छ ।
भिसा पाएपछि मात्र साउदी अरब छाड्न पाइने भएकाले रियादस्थित नेपाली दुतावासले घर फिर्न वञ्चितको नामावली संकलन गरी साउदी सरकारलाई बुझाएको हो । पछिल्लो तीन महिनायता दूतावासमा एक्जिट भिसा नपाएका श्रमिकहरुको उजुरी बढ्न थालेको कान्तिपुर दैनिकमा प्रकाशित छ ।