Logo बैशाख ६, २०७८ सोमबार


हाप्कीडो सेमिनार सम्पन्न

नेपालगञ्ज । नेपाल मार्सल आर्ट हाप्कीडो एसोसीएसनको आयोजनामा चौथो राष्ट्रिय इन्सट्रक्टर,सेल्फ डिफेन्स एजुकेसन, लिडर सीप तथा रेफ्रि सेमिनार नेपालगञ्जमा सम्पन्न भएको छ ।

बाँके जिल्ला मार्सल आर्ट हाप्कीडो एसोसीएसनको आयोजना तथा नेपाल मार्सल आर्ट हाप्कीडो एसोसीएसनको सहयोगमा सञ्चालित कार्यक्रममा सहभागिहरुलाई संघ अध्यक्ष मास्टर काली बहादुर घर्ती मगर तथा मुख्य प्रशिक्षक सुस्मिता गुरुङ लगायतले प्रशिक्षण प्रदान गरेका थिए ।

नेपालगञ्ज रंशालामामा भएको कार्यक्रमको समापन समारोहमा प्रदेश नं तीन प्रदेश सभा सदस्य लाल कुमारी पुन, राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखे र सावित्रा चौधरी ,बक्सीङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर,ओलम्पियन दिपक विष्ट तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ लगायत अतिथीको उपस्थिती थियो ।

प्रमुख अतिथी बरालले राज्यको कम लगानीका बाबजुद खेलाडीको ब्यक्तिगत पहलमा धेरै सफलता पाएको बताउनुभयो। त्यसैगरी, कार्यक्रममा बोल्दै अध्यक्ष घर्ती मगरले राष्ट्रिय खेलकुदमा पाउने सफलतामा पदक वापत नगद पुरस्कार महत्वपूर्ण रहनेसमेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।

धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर तथा ४८ फिटको बेश…