Logo बैशाख १, २०७८ बुधबार


७७ वटै जिल्लामा सरकारविरूद्ध विशाल प्रदर्शन गर्ने कांग्रेसकाे तयारी

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आव्हान गरेको छ । कांग्रेसको वर्तमान र पूर्व पदाधिकारीहरुको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आह्वान गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ७७ वटै जिल्लामा हुने प्रदर्शनको तयारीको बारेमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘२९ गतेका लागि हामीले ७७ वटै जिल्लामा जुन र्याली निकालेर अहिलेको सरकारको दमन नीतिलाई विरोध गर्ने बारेमा छलफल भएको हो । ७७ वटै जिल्लामा गर्ने हो । काठमाडौं, ललितपुर र भक्तपुरमा पनि गर्ने टुङ्गो लगायौं । सल्लाह त्यही भएको छ ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्ट्राचार, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनुहूँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘कोरोनाको महामारी चलिरहेको छ र सरकारको ध्यान कोरोनाको महामारीतर्फ गम्भीर छैन् । नागरिकको जीवन अस्पतालमा बेड नपाएर, भेन्टिलेटर नपाएर, सामग्रीहरु नपाएर छट्पटिरहेको बेलामा सरकार र सत्तारुढ पार्टी आफ्नो सत्ताको द्वन्द्वमा केन्द्रित भएको छ । त्यसैले हामी २९ गते प्रदर्शन गर्दैछौं । प्रदर्शन गर्दै गर्दाखेरी आजको बैठकले विशेष रुपमा देशभरी रहनुभएका पार्टी सदस्य, शुभचिन्तक सबैलाई सहभागी बन्नका लागि अपिल गरेको छ ।’

प्रवक्ता शर्माले सरकार बनेपछि बढिरहेको भ्रष्टाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रित हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘यो सरकार बने पछाडि निरन्तर बढिरहेको भ्रष्ट्राचार, स्वास्थ्य सामग्रीको खरिदसम्म भएको भ्रष्ट्राचारदेखि लिएर भ्रष्ट्राचारको अनेकन प्रकरणहरुको विरुद्ध सडकमा २९ गते उत्रिनलाई बैठकले अपिल गरेको छ ।’

प्रवक्ता शर्माले सरकारले सर्वसत्तावादी चरित्र र अधिनायकवादी आकांक्षा प्रस्तुत गरेको समेत बताउनुभयो । बैठकले मोरङ जिल्लामा शिक्षक हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गर्न समेत माग गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको अधिनायकवादी प्रवृति, भ्रष्ट्राचार र कोभिडको कुव्यवस्थापनबाट सिर्जित अप्ठेरो अवस्थाको विरुद्धमा प्रदर्शन भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो २९ गते देशैभरी ७७ वटै जिल्लामा विरोध कार्यक्रम हुन्छ । त्यो विरोध कार्यक्रम, सरकारको अधिनायकवादी प्रवृति, भ्रष्ट्राचार र कोभिडको कुव्यवस्थापन बाट जुन अप्ठ्यारो स्थिति सिर्जना भएको छ त्यसलाई केन्द्रित गरेर सरकारको विरुद्ध विरोध कार्यक्रम केन्द्रित हुन्छ । यो प्रारम्भ मात्रै हो ।’

२९ गतेको कार्यक्रमपछि पनि आन्दोलनलाई निरन्तरता दिने भन्ने कुरामा समेत छलफल भएको महतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…