Logo बैशाख ६, २०७८ सोमबार


राजधानीमा कांग्रेसको विशाल प्रदर्शन (फोटो फिचर)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजधानीमा विशाल जुलुस निकालेको छ । सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रिएको कांग्रेसले राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेको हो ।

नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफ्नो गृह जिल्ला तनहुँमा एक पुल उद्घाटन गर्न जाँदा दुर्व्यवहार गरिएको भन्दै विरोध प्रदर्शन शुरु गरेको हो ।

वरिष्ठ नेता पौडेलमाथि गरेको दुर्व्यवहारका साथै विरोध प्रदर्शन सरकारको सर्वसत्तावादी चरित्र, भ्रष्टाचार र प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागि परेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड र महिला हिंसा तथा बलात्कारका घटना वृद्धिजस्ता दर्जनौँ कमजोरीका कारण प्रदर्शन गर्नुपरेको कांग्रेसले जनाएको छ ।

लामो समयपछि गठन भएको स्थिर सरकार भए पनि सरकारले अलोकतान्त्रिक क्रियाकलाप गरिरहेको र जनअपेक्षा अनुसार काम गर्न नसकेको कांग्रेसको आरोप छ ।

सरकारकै कमजोरीका कारण सडकमा प्रतिगामी शक्तिसमेत सल्बलाएको भन्दै सर्वसाधारण नागरिकलाई समेत सडक प्रदर्शनमा सहभागी हुन कांग्रेसले आह्वान गरेको छ । नेपाली कांग्रेसकाे राजधानीमा हुने कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पाडेलले सम्बाेधन गर्दै हुनुहुन्छ ।

भिडियाेमा कांग्रेस प्रदर्शन 

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…