Logo बैशाख ५, २०७८ आइतबार


बोको हरामद्वारा अपहरित ३४४ विद्यार्थी मुक्त

काठमाडौं । नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ता अगाडी बन्दुकधारीले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका तीन सय ४४ विद्यार्थी मुक्त भएका छन् । आतंककारी समूह बोको हरामद्वारा अपहरणमा परेको तीन सय ४४ विद्यार्थी अपहरणमुक्त भएका हुन् ।

अपहरण मुक्त भएका प्रायःविद्यार्थी केटा भएका त्यस राज्यका गभर्नर अमिनु मासारीले बताउनुभएको छ । हाल ती विद्यार्थि कितसिना राज्यतर्फ फर्किर्दै गरेका र उनीहरुलाई स्वास्थ्य उपचार गराई परिवारजनको जिम्मा लगाइने मसारीले बताउनुभएको छ ।

कितसिना राज्यको कंकरा इलाकामा रहेको सरकारी विज्ञान माध्यमिक विद्यालयका विद्यार्थीलाई गत डिसेम्बर ११ का दिनमा विद्यालयमा आक्रमण बन्दुकधारी समूहले अपहरण गरेका थिए । स्थानीय सञ्चार माध्यमकाअनुसार ती विद्यार्थिलाई छिमेकी पर्ने राज्यको एक विशाल जंगलमा लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।