Logo फाल्गुन १३, २०७७ बिहीबार


विश्वभर ६ करोड ८५ लाख संक्रमणमुक्त, २० लाख ४८ हजारको मृत्यु

काठमाडौं । विश्वभरमा ६ करोड ८५ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । मंगलबार बिहानसम्ममा ६ करोड ८५ लाख ५० हजार ५२३ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ९ करोड ५९ लाख ७४ हजार ७ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २० लाख ४८ हजार २५७ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा २ करोड ५३ लाख ७५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म २ करोड ४६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड ४५ लाख ३७ हजारभन्दा बढी निको भएका छन् भने ४ लाख ८ हजार ५०२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म १ करोड ५ लाख ८२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये १ करोड २ लाख २७ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ५९३ जना पुगेको छ ।

नेपालमा हालसम्म २ लाख ६७ हजार ६४४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये २ लाख ६१ हजार ८१८ जना निको भएका छन् । यहाँ कोरोनाबाट १ हजार ९६५ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं। प्रतिनिधिसभा पुन:स्थापना भएसँगै संसदीय सुनुवाइ छलेर संवैधानिक निकायमा गरिएका नियुक्ति बदर हुन्छन् या हुन्नन भन्ने कुराकाे चर्चा हुन थालेकाे…

काठमाडौं । बुधबार जनतासमाचार डट्कम मा प्रधानमन्त्री ओली राजनीनामा गर्नुपर्छ : देउवा, फागुन १६ गते नेपालकै ठूलो औद्योगिक पार्कको शिलान्यास…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अनावस्यक धनको नोक्सानी हुनेछ । यात्रामा खर्च बढ्नेछ । कार्य अधुरो हुनेछ ।

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको बताउनुभयो ।

'नेपालको संविधानले संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय…