Logo फाल्गुन १२, २०७७ बुधबार


बाइडेनलाई स्वागत नगरी फ्लोरिडा उड्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई व्हाइट हाउसमा स्वागत नगरी ट्रम्प फ्लोरिडा उड्न लागेका हुन ।

तर यसअघि २०१७ मा पूर्व राष्ट्रपति बाराक ओबामाले भने उनलाई व्हाइट हाउसमा स्वागत गरेका थिए । ट्रम्पले भने उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत गर्ने ऐतिहासिक संस्कारलाई लत्याइदिएका छन् । ट्रम्प करिव ६ दिनदेखि सार्वजनिक भएनन् भने प्रथम महिला करिव १५ दिनदेखि सार्वजनिक भएकी छैनन ।

राष्ट्रपति ट्रम्पको अन्तिम दिन आज अर्थात जनवरी १९ मंगलबार परेकोले उनले आफू, आफ्ना परिवार र आफ्ना निकटस्थसहित करिव एक सय जनालाई आम माफी दिने सम्भावना रहेको छ । अमेरिकी ईतिहासमा यसरी राष्ट्रपति पद छोड्ने बेलामा आफुलाई समेत आम माफी गर्ने अधिकार संबिधानले दिएकोले उनले मंगलबार कुनै पनि बेला यस्तो घोषणा गर्ने समाचार बाहिरिएका छन् । ट्रम्पले अहिलेसम्म चुनाव हारेको स्वीकारसम्म गरेका छैनन भने बाइडेनले धाँधली र चोरेर चुनाव जितेको आरोप लगाउँदै आएका छन् ।

ट्रम्पले अन्तिम पटक आगामी बुधवार मेरील्याण्डको सैन्य हवाई अड्डामा सैनिक प्रदर्शन, सैनिक प्रमुखको साथै समर्थक, उनका प्रशासनका वर्तमान र पूर्व अधिकारी तथा अतिथिहरुको ठूलो भीड लगाई एक विशाल रातो गलैंचा ओछ्याउने इच्छा व्यक्त गरेका छन । यससँगै उनले अन्तिम सैनिक सलामी पनि पाउने छन ।

बाइडेनको उद्घाटन कार्यक्रम सुरु हुनु ४ घण्टा अघि बुधबार बिहान ८ बजे मेरील्याण्डको सैन्य अड्डा एन्ड्रयूजको संयुक्त आधार एन्ड्रयूजमा हुने कार्यक्रमका लागि व्हाइट हाउसबाट आमन्त्रित गरिएको बीबीसीले जनाएको छ । राष्ट्रपतिको रूपमा आफ्नो अन्तिम समयमा ट्रम्प आफ्नो निजी मार-ए-लागो रिसोर्ट (बिश्रामप्रद) र फ्लोरिडाको पाम बीचमा रहेको निवासमा वायुसेनाको बिमानबाट उड्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको बताउनुभयो ।

'नेपालको संविधानले संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय…

सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तिकै राजीनामा गर्नुपर्थ्याे अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरिपनि यही अनलाइनबाट भन्न…

अदालतकै फैसला अनुसार छिट्टै प्रतिनिधि सभाको बैठक बस्दैछ र प्रतिनिधि सभाको बैठकबाट संविधान अनुसार नै अरु प्रक्रिया अगाडि बढ्ने छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आज विजय जुलुश निकाल्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेको…

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपाले बैठक बोलाएको…