Logo फाल्गुन १८, २०७७ मंगलबार


दर्ता नभएका नौ व्यावसायिक फर्म कारबाहीमा

चितवन । जिल्लामा रहेका नौ व्यावसायिक फर्मलाई कारबाही गरिएको छ । मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारबाही गरिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय चितवन, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय वाग्मती प्रदेश, वडा प्रहरी कार्यालय नारायणगढको प्रतिनिधिसहितको टोलीले मंगलबार नारायणगढका व्यावसायिक प्रतिष्ठानमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा मूल्यसूची नराखिएका सात व्यावसायिक प्रतिष्ठानलाई ५०/५० हजार र आवश्यक कागजपत्र देखाउन नसकेका दुई संस्थालाई २०/२० हजार जरिवाना तोकिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त प्रमुख जीतबहादुर भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पहिलो खोप लगाएपछि गम्भीर प्रकारका असर देखा परेका व्यक्ति र गर्भवती महिलालाई पनि कोभिड विरुद्धको खोप नदिइने उहाँले जानकारी दिनुभयो…

संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री आलेले वैज्ञानिक वन कार्यक्रम खारेजका लागि वन मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग र साथ पाएको भन्दै मन्त्रालयका कर्मचारीहरुको प्रशंसा पनि…

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।