Logo फाल्गुन १४, २०७७ शुक्रबार


प्रतिगमनविरूद्ध नेकपाकाे मानव साङ्गलाे (फाेटाेफिचर)

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्दोलनरत पक्षले मानव सङ्गलो प्रदर्शन गरेको छ । प्रतिगमनकारी कदमविरुद्ध चरणवद्ध विरोध तथा आन्दोलन गरिरहेको नेकपा आन्दोलनरत पक्षले चौथो चरणको आन्दोलनको क्रममा मानव सङ्गलो बनाइ टुँडिखेल घेरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोधमा  नेकपा आन्दोलनरत पक्षले तीन चरणका विरोध तथा संघर्षका कार्यक्रम सम्पन्न गरिसकेको छ । नेकपा आन्दोलनरत पक्षका स्थायी कमिटी सदस्य तथा केन्द्रीय संघर्ष समितिका सह–संयोजक योगश भट्टराईले प्रतिगमन तथा असंवैधानिक कदमका विरुद्ध टुँडिखेलमा मानव साङ्गलाेले घेरिएको बताउनुभयो ।

मानव साङ्गलाेमा नेकपाका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतिनिधि सभाको असंवैधानिक कदम खारेज गर, भ्रष्टाचारीलाई कारबाही गर, बलात्कारीलाई कारबाही गर, प्रतिगमन मुर्दावाद लगायतका विभिन्न प्लेकार्ड तथा ब्यानरहरु प्रस्तुत गरिएका थिए भने नेता कार्यकर्ताहरुले पार्टीको झण्डा र सूर्य चिन्ह पनि बोकेका थिए ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

मनोरञ्जनमा दिन बित्नेछ । पूरानो मित्रजन भेटघाट हुनेछ । किनमेलमा खर्च बढ्नेछ ।

फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो…

सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो…

लकडाउन सकिएपछि भारतीय पर्यटकको आगमन त्यति नभए पनि आन्तरिक पर्यटकका लागि जेनतेन व्यवसाय चलेको व्यवसायी बताउँछन् ।

सभामुख सापकोटालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर भएकाे मुद्दामा विपक्षीको नाममा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो…